युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा / जिल्लाकाे पुर्वी उत्तरी भेग अर्थात प्रदेश (क)  कुन्ना  क्षेत्रमा पहिलो पटक आयोजना गरीने सांस्कृतिक महोत्सवको तयारी तिव्र पारीएको छ ।

जिल्लाका ४ वटा स्थानिय तहलाई लक्षित गरी कुन्ना क्षेत्रमा पहिलो पटक आयोजना गरीने महोत्सवको तयारी गरिरहेका छन् ।

बुढीनन्दा नगरपालिकाको कार्यालय कोल्टीमा हिजाे बसेको बैठकले कृर्षि, पर्यटन तथा सांँस्कृतिक महोत्सवको व्यवस्थापन तथा तयारीको लागि विभिन्न जिम्मेवारी दिने निर्णय गरेको छ । पीलुपादुका, देउरा पर्यटन क्षेत्रलाई प्रर्वद्धन गर्ने उदेश्यले यहि वैशाख ४ गते देखि ८ गते पीलु पादुकामा आयोजना गरीने महोत्सवको मञ्च व्यवस्थापन, अतिथी सत्कार तथा सम्मान, मिडीया परिचालन, कलाकारको जिम्मा लगायतका विषयमा जिम्मेवारी प्रदान गरीएको आयोजक समिति संयोजक जनेश भण्डारीले जानकारी दिएका छन् ।

संयोजक भण्डारीका अनुसार मञ्च ब्यवस्थापन तथा हल निमार्णका लागि पीलुचौर र कोल्टी बजार ब्यवस्थापनलाई जीम्मा दिने, अतिथि सत्कार तथा सम्मान कार्यक्रमका लागि उद्योग वाणिज्य संघ र बजार ब्यवस्थापन, मिडिया परीचालन पत्रकार महासंघ बाजुरा, कलाकारको ब्यवस्थापनाका लागि लोक दोहोरी प्रतिष्ठानलाई जीम्मा दिने लगायतका निर्णय गरीएको छ ।

बाजुराको सम्भावना, प्राकृतिक स्रोत साधान, ऐतिहासिक तथा धार्मीक महत्व र बाजुराका रहन सहन, रीतिरीवाज र संस्कार संस्कृतिलाई उजागार गर्न बाजुराका ४  वटै पालिकाले संयुक्तरुपमा महोत्सवको आयोजना गर्ने निर्णय भएको बुढीनन्दा नगरपालिकाका प्रमुख जनक कुमार वोहोराले  बताए ।

अभाव, गरीवि र पछौंटेपनका रुपमा चिनिने बाजुरालाई सम्भावनाका रुपमा चिनाउन महोत्सवको विषेश भुमिका रहने देखिन्छ। । करीव चार दिन सम्म चल्ने महोत्सवमा प्रत्यक स्थानिय तहका विभिन्न किसिमका स्टल प्रर्दशनि, स्थानिय स्तरका चिनारी, विभिन्न कृर्षि उत्पादित वस्तु, पर्यटन तथा धार्मीकस्थल, सभ्यता संस्कृति, भेषभुषा तथा झाँकि लगायतका स्थानिय स्तरका विभिन्न कला प्रर्दशन गरीने आयोजकले जनाएको छ ।

महोत्सवमा स्थानिय स्तरका कलाकारको प्रस्तुति रहने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर