बाजुरा / प्रथम खप्तड मालिका उद्योग, कृर्षि,पर्यटन तथा ब्यापार महोत्सवको समृद्धघाटन सुदूरपश्चिम प्रदेश माननिय प्रदेश प्रमुख जोशीद्धारा गरिने भएकाे छ ।
आसन्न चैत्र ३ गते देखी १२ गतेसम्म जिल्ला सदरमुकाम मार्तडीमा प्रथम खप्तड मालिका उद्योग, कृर्षि,पर्यटन तथा ब्यापार महोत्त्सव संञ्चालन हुन गइरहेको छ । उक्त महोत्सवको समृद्धघाटन सुदुरपश्चिम प्रदेश प्रमुख माननिय देवराज जोशीले गर्नुहुने भएको छ । बाजुराका कला संस्कृतिको जगेर्ना तथा नयाँ प्रतिभाको खोजी संगै बाजुराका हरेक रैथाने बालीको प्रर्बद्धन,उत्थानको निमित्त उक्त महोत्सव संञ्चाल गर्न लागीएको खप्तड मालिका युवा संञ्जालका अध्यक्ष शुक्रराज बोहराले बताउनुभएको छ ।
उद्योग कुर्षि पर्यटन र ब्यापार,जडिबुटी संस्कृति समृद्ध बाजुराका आधार भन्ने मुल नाराका साथ उक्त महोत्सव संञ्चालन हुन गइरहेको छ । बाजुराका रैथाने बालीको उत्थान प्रर्बद्धन,जडीबुटीको उत्थान प्रर्बद्धन,कला तथा स्थानिय स्तरमा प्रचलित देउडा,हुड्केउली,मागल,चाचडी,भुवा,अनन्ते जस्ता स्थानिय पर्वको जगेर्ना गर्नको निमित्त उक्त महोत्सव संञ्चालन गर्न लागीएको खप्तड मालिका युवा संञ्जालका बरिस्ठ उपाअध्यक्ष राजेन्द्र रोकायाले बताउनुभएको छ ।
खप्तड मालिका युवा संञ्जालको आयोजना र नेपाल लोकदोहोरी गित प्रतिष्ठान बाजुराको सह आयोजना उक्त महोत्सव संञ्चालन हुन गइरहेको छ । यो भन्दा पहिले बिश्वभर फैलिएको नोबल कोरोना भाइरसका कारण कुनै पनि महोत्सव संञ्चालन हुन सकिरहेका थिएनन । त्यसको बाबजुत यो बर्ष बाजुराका हरेक कला संस्कृतिको उत्थान तथा प्रर्बद्धन गर्नको लागी महोत्सव संञ्चाल गर्न लागिएको छ ।
महोत्सवको लगभग ९० प्रतिशत काम सकिसकेको र अब करिब १० प्रतिशत काम मात्र बाँकी रहेको र अबको एकदिनमै सबै काम पुरा भइसक्ने आयोजकले जानकारी दिएको छ । महोत्सवमा सांस्कृतिक संयोजक मोडल राजेश पायल बिकको रहेको छ भने सह आयोजकमा नेपाल लोक दोहोरी गित प्रतिष्ठान बाजुरा रहेको छ । महोत्सव जिल्ला सदरमुकाम मार्तडीको कागागार नजिकै संञ्चालन हुने छ भने महोत्सव यहि चैत्र ३ देखी १२ गतेसम्म संञ्चाल हुदै छ । महोत्सवमा करिब ४० लाख खर्च हुने र ४४ लाख आम्दानी हुने अनुमान गरीएको छ । महोत्सवको लागी सम्पुर्ण सामाग्री बाजुरा आइपुगेको छ काम धमाधम भइरहेको पनि आयोजकले जानकारी दिएको छ ।





