युनिकोड    राशिफल    एफएम रेडियाे                        

युबराज बडुवाल /  बाजुरा – जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ६ जडाङ्गामा रहेको नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय तीन तारे बिद्यालय घोषणा गरिएकाे छ ।तर बिद्यालयमा बिषयगत शिक्षक नहुँदा बिद्यार्थीको पढाई गुणस्तरीय नभएको अध्ययनरत बिद्यार्थी सुशील बडुवालले बताएका छन् ।

बिद्यालयमा विषयगत शिक्षक नभए पछि एउटै शिक्षकले दुईवटा विषय पढाउनु पर्ने त कहिले बिद्यालयमा शिक्षक नहुने समेत बताएका छन् । कक्षा १० मा एसईई परिक्षा हुन्छ । बिद्यालय मा ट्युसन कक्षाको व्यवस्था पनि छैन ट्युसन कक्षा पढ्न सदरमुकाम मार्तडी जानु पर्छ । सदरमुकाममा कोठा लिएर बस्नु पर्छ बजारको महङ्गो मूल्य र चर्को कोठाभाडा मै एक महिनामा न्युनतम १० देखि २० हजार बराबरको फजुल खर्च हुन्छ ।

सुशीलले भने बिद्यालयमा खानेपानी को व्यवस्था पनि छैन् । कहिले पानी आउन्छ त कहिले रित्तो धारा मात्र हुन्छ । आजको युगमा कम्प्युटर शिक्षा सबैको लागि अत्यावश्यक मानिन्छ बिद्यालय कम्प्युटर ल्यापटप हरू छन् । तर सिकाउनको लागि प्रशिक्षक छैन् । टिफिन समयमा कहिले काही शिक्षक नभएको दिन नयाँ कुरा सिक्ने कुनै अवसर पनि छैन् । प्रत्येक बिद्यालयमा पुस्तकालय हुन्छन् तर ने.रा.माविमा पुस्तकालय को पनि व्यवस्था नभएको बडुवालले बताएका छन् ।

हुँनत बिद्यालयलाई तीन तारे बिद्यालय घोषणा गरीएको छ । तर नाममा मात्र सिमित गरीएको छ । जति प्रत्येक बिद्यालयमा बिद्यार्थीले पाउने सेवा सुबिधा र गुणस्तरीय शिक्षा हुन्छ । तेती ने.रा.माविमा नपाइएको सुशिलले बताएका छन् ।

तीन तारे विद्यालय घोषणा गर्नको लागि विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि २०७५ ले निर्धारण गरेका दश सूचक पूरा हुनु पर्छ ।
खानेपानी, शौचालय, सरसफाइ स्वच्छता हरियाली वातावरण, शिक्षा, महिला स्वच्छता व्यवस्थापन, संस्थापन व्यवस्थापन, विपत जोखिम व्यवस्थापन, अनुगमन तथा जवाफदेहीता लगायतका १० ओटा सूचकहरु पूरा भएपछि विद्यालयलाई तीन तारे घोषणा गरीन्छ । तर नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा केहि सुबिधा छ त केही सुबिधा नभएकाे बताएका छन् ।

१) तीन तारे विद्यालय घोषणाका लागि आवश्यक मापदण्ड
सूचक १, पानी : सबै बालबालिकाहरुको पहुँच सहितको पिउन र सरसफाइका लागि सुरक्षित र पर्याप्त पानीको उपलब्धता (प्रति व्यक्ति दैनिक १२ लि.)

सूचक २, शौचालय : सुरक्षित स्थानमा बाल, लैङ्गिक, अपाङ्गता र वातावरणमैत्री (२५ छात्रा र ४० छात्रहरुको अनुपातमा) पर्याप्त पानी सहितको सुधारिएका तथा सुचारु शौेचालयको सुविधा सहित दिसा, पिसाबको सुरक्षित निकासको व्यवस्था मिलाइएको ।

सूचक ३, वातावरणीय सरसफाइः सामग्रीहरूको प्रयोग घटाउने, पुनःप्रयोग गर्ने र पुनःचक्रणको पद्धति लागू गरी फोहोरको व्यवस्थापन गरिएको ।

सूचक ४, सफा र हरियाली वातावरणः विद्यालयभित्रको उपयुक्त खाली जमिनमा वृक्षरोपण र बगंैचा र करेसाबारीको विकास गरिएको ।

सूचक ५ ,स्वच्छता सुविधाःसमूहमा साबुन पानीले हात धुने स्थायी सुविधा (छात्रा ४० र छात्र ६० को अनुपातमा एक धारा) मा सबैको सहज पहुँच सहित प्रयोग भई नाली वा सोकपिट वा बगैचा वा करेसाबारीमा पानीको निकासको व्यवस्था गरिएको ।

सूचक ६, स्वच्छता शिक्षाः स्वास्थ्य तथा वातावरण विषयमा विद्यार्थीहरूको व्यक्तिगत सरसफाइ र स्वच्छता व्यवहार (समूहमा हात धुने, व्यक्तिगत सरसफाइ र शौचालयको सरसफाइ गर्ने) का आधारमा अङ्क दिने पद्धतिको अवलम्बन गरिएको ।

सूचक ७, महिनावारी स्वच्छता व्यवस्थापन सुविधाः छात्राहरूले पुन प्रयोग गर्ने महिनावारी सामग्री तयार वा प्रयोग गर्ने सीप सिकी वा स्वस्थकर महिनावारी सामग्री प्रयोगमा ल्याएका र महिनावारी स्वच्छता सुविधाहरू सञ्चालनमा रहेको ।

सूचक ८, संस्थागत व्यवस्था र दिगोपनाः नियमित मर्मत सम्भारका लागि मर्मत सम्भार कोषको व्यवस्था, आवश्यक सीप र जगेडा औजारहरूको व्यवस्था भएको र नियमित रूपमा तालिका अनुसार शौचालय, पानी टंकी, फिल्टर र हातधुने ठाउँको सरसफाइ गर्ने गरिएको ।

सूचक ९, विपद जोखिम व्यवस्थापनः खानेपानी तथा सरसफाइका संरचनाहरू नेपाल सरकारको स्वीकृत मापदण्ड (विपद जोखिम न्यूनीकरण) अनुसार निर्माण भएको ।

सूचक १०, अनुगमन तथा जवाफदेहिता  : खानेपानी, सरसफाइ तथा स्वच्छता र महिनावारी स्वच्छता सम्पर्क शिक्षकको सहजीकरणमा खानेपानी, सरसफाइ तथा स्वच्छता कर्नर (सम्बन्धित पुस्तक, पत्रिका, पोष्टर, सूचना तथा जानकारीमूलक सामग्री र महिनावारी सामग्री) को स्थापना गरिएको ।

बिद्यालयमा यस्तो ससाना कुराहरू को समस्याले बिद्यार्थीको पढाई सोचेजति र त्यति प्रभावकारी , गुणस्तरीय नभएको बताएका छन् । उनले भने बिद्यालय साँफे मार्तडी सडक खण्ड राजमार्गको छेउमा पर्छ  सडक दुर्घटनाकाे पनि उत्तिकै डर हुन्छ । कतिपय बिद्यार्थी बिद्यालयको चरम लापरबाहीका कारण कक्षा केठाबाट भागेर घर जाने जस्तो समस्या झेल्दै आएको सुशीलले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर