युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा / प्रथम खप्तड मालिका उद्योग पर्यटन तथा सांस्कृतिक महोत्सव आगामी चैत्र ३ गतेबाट संञ्चालन हुने भएको छ । उद्योग कुर्षि पर्यटन र ब्यापार,जडिबुटी संस्कृति समृद्ध बाजुराका आधार भन्ने मुल नाराका साथ उक्त महोत्सव संञ्चालन हुन गइरहेको हो । बाजुराका रैथाने बालीको उत्थान प्रर्बद्धन,जडीबुटीको उत्थान प्रर्बद्धन,कला तथा स्थानिय स्तरमा प्रचलित देउडा,हुड्केउली,मागल,चाचडी,भुवा,अनन्ते जस्ता स्थानिय पर्वको जगेर्ना गर्नको निमित्त उक्त महोत्सव संञ्चालन गर्न लागीएको खप्तड युवा संञ्जालका अध्यक्ष शुक्रराज बोहराले बताउनुभएको छ ।

खप्तड मालिका युवा संञ्जालको आयोजना र नेपाल लोकदोहोरी गित प्रतिष्ठान बाजुराको सह आयोजना महोत्सव संञ्चालन हुन गइरहेको छ । यो भन्दा पहिले बिश्वभर फैलिएको नोबल कोरोना भाइरसका कारण कुनै पनि महोत्सव संञ्चालन हुन सकिरहेका थिएनन । त्यसको बाबजुत यो बर्ष बाजुराका हरेक कला संस्कृतिको उत्थान तथा प्रर्बद्धन गर्नको लागी महोत्सव संञ्चाल गर्न गहिरहेको युवा संञ्जालका बरिष्ठ उपाअध्यक्ष राजेन्द्र रोकायाले बताउनुभएको छ ।

हाम्रो बाजुरा कला संस्कृति,जडिबुटी, र बेषभुषामा, राम्रो बाजुरा भन्ने धेयले पनि महोत्सव संञ्चालन हुन लागेको हो । यस महोत्सवले बाजुरामा लुकेका नयाँ प्रतिभाको खोजी हुनुका साथै थप बाजुरामा सांस्कृतिक कलाको प्रर्बद्धन हुने र नयाँ प्रतिभाको खोजी भई तिनिहरुलाई पनि राष्ट्यि स्तरसम्म पुर्याउन सकिने र बाजुराका हरेक कुना कन्धरामा गाइने देउडा, मागल, चाचडी,हुड्केउली,हरीनु जस्ता पर्वहरुको उत्थानमा यस महोत्सवले ठुलो भुमिका खेल्ने सह आयोजक नेपाल लोक तथा दोहोरी गित प्रतिष्ठान बाजुराको ठहर रहेको छ ।

महोत्सवमा स्थानिय कला संस्कुति देउडा,मागल चाचडी,हुड्केउली,भुवा,अनन्ते,हरीनु जस्ता पर्व तथा कलाको प्रर्दशन हुनुका साथै देउडा प्रतियतेगिता तथा बिद्यालय स्तरीय नृत्य प्रतियोगिता पनि संञ्चालन हुने भएको छ । भने राष्ट्यि तथा स्थानिय कलाकारहरुका बेजोड सांङगितिक प्रस्तृती रहने भएका छन कलाकारहरुमा चर्चित देउडा तथा लोकदोहोरी गायक बिनोद बाजुरेली,चर्चित लोकदोहोरी गायक पुश्कल शर्मा,लोकदोहोरी गायक राम्जी खाँण,गायक टंक तिमिल्सेना,गायक सन्दिप न्यौपाने,गायक चक्र बम,गायक नविन पौडेल,चर्चित देउडा गायक प्रकाश थापा,गायक लाल बहादुर थापा,गायक लाल बहादुर धामी अछामी बड्डो,गायिका शोभा थापा,गायिका माया पाण्डे,गायिका गौरी भट्ट,चर्चित आधुनिक गायिका एलिना चौहान,मोडल शंकर बिसि,अस्मिता राना,अञ्जली चन्द ठकुरी,गायिका शरीता कार्कि,बाल गायक शुप्रिम मल्ल ठकुरी,देउडा गायक हर्क खडायत, सुसिला थापा रौले,संगिता शाह,राजेन्द्र बाजुराली,लोकस्टार टप ५ का बजिेता पबिन्द्र सुनार,लोक स्टार टप ८ का बिजेता प्रभुराज पाण्डे,राजेश पायल बिक,लगायत अन्य कलाकहरुका पनि बेजोड प्रस्तुती रहने छन।

अन्य कलाकारहरुमा गायक बिष्णु धामी,मन बहादुर रोकाया,चित्र बिष्ट,रंग नेपाली,चेतन बोहरा,बाबु राजा,हास्यकलाकारहरुमा,मनिष खड्का,दिर्घ शाही,बिनोद बिक,सम्झना खत्री,बाबु रावल,र अन्य स्थानिय कलाकारहरुमा डम्बर बिश्वकर्मा,प्रेम बोहरा,रमेश सुनार,देब बोहरा,प्रेम नेपाली,शर्मिला बिसि,राजेन्द्र रावत,राम बहादुर दानी,गणेश चौतारी,रामचन्द्र बोहरा,गोबिन्द्र शाही,सुरेन्द्र रोकाया,सुरेन्द्र बाजुरेली,मनिषा दानी,अकुश बिसि तपेश जोन,,खगेन्द्र रावल,निलिमा रावल,रमा रावल रोसनी,नर बहादुर बिक,गोपाल बुढा,सम्झना श्री,धन बहादुर बिसी,कल्पना बिक,हस्त मल्ल,गगन बोहरा,कमला बोहरा लगायत अन्य सबै स्थानिय कलाकारहरुका बेजोड प्रस्तुती रहने छन ।

महोत्सवको लगभग ८० प्रतिशत काम सकिसकेको र अब करिब २० प्रतिशत काम मात्र बाँकी रहेको आयोजकले जानकारी दिएको छ । महोत्सवमा सांस्कृतिक संयोजक मोडल राजेश पायल बिकको रहेको छ भने सह आयोजकमा नेपाल लोक दोहोरी गित प्रतिष्ठान बाजुरा रहेको छ । महोत्सव जिल्ला सदरमुकाम मार्तडीको कागागार नजिकै संञ्चालन हुने छ भने महोत्सव आगामी चैत्र ३ देखी १२ गतेसम्म संञ्चाल हुने छ । महोत्सवमा करिब ४० लाख खर्च हुने र ४४ लाख आम्दानी हुने अनुमान गरीएको छ । तर अझै पनि कसैले आधा कलाकारको नाम पोस्टरमा अटाएको र आधाको नाम नअटाएको भन्दै दुखेसो ब्यक्त गरेका छन । तर आयोजकले सबैको नाम पोस्टरमा नआटाउने भएकाले कसैले पनि दुख ब्यक्त नगरीदिन हुन पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर