अनेरास्ववियुले बुढीनन्दा क्याम्पसमा उम्मेदवारी दर्ता गराएको छ । चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि केशर कुमार बोहराको नेतृत्वमा उम्मेदवारी दर्ता गराएको अध्यक्ष दिलबहादुर थापा भोटेले जानकारी दिएका छन् ।
अनेरास्ववियुले सभापतिमा केशर कुमार बोहरा, सचिवमा लवेन्द्र शाही, कोषाध्यक्षमा सुरेन्द्र बोहरा रहने गरी उम्मेदवारी दर्ता गरेको हो । खुला सदस्यमा संगीता पाण्डे, तारा थापा, सूर्यश्वरी शाही, कृष्ण मल्ल, अम्बीका सार्की, धिरेस जेठाराले उम्मेदवारी दर्ता गराएका छन् ।
उपसभापति, सहसचिव र केही सदस्यमा पछि मनोनित हुने गरी बन्द सूची पेश गरिएको अनेरास्ववियुले बताएको छ । उम्मेदवारी दर्ताका लागि एमालेका युवा तथा विद्यार्थी नेताहरु कृष्ण कुमार बम, राजन रोकाया, अध्यक्ष दिलबहादुर थापा भोटे सहीतको टोली बुढीनन्दा क्याम्पस पुगेको थियो ।
त्रिभुवन विश्व विद्यालय अन्र्तगत रहेको बुढीनन्दा क्याम्पसमा अनेरास्ववियु र सत्तमा गठबन्धनका विद्यार्थी संगठन बीच प्रतिस्पर्धा हुने भएको छ । अनेरास्ववियुले क्याम्पसमा राम्रो सम्बन्ध भएका नियमित विद्यार्थी बीचबाट छानेर उम्मेदवार बनाएको हो । उम्मेदवार बनेका केशर कुमार बोहरा सानै देखि विद्यार्थी राजनीतिमा सक्रिय थिए ।
४१२ जना विद्यार्थी रहेको क्याम्पसमा नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले सयुक्त प्यानल सहीतको उम्मेदवारी दर्ता गराएका छन् । अनेरास्ववियुका सभापतिका उम्मेदवार केशर बोहराले विद्यार्थी साथीहरुको चाहना र क्याम्पसको शैली गतिविधी सुधारको एजेण्डा सहीत उम्मेदवारी दिएको बताएका छन् ।





