युनिकोड    राशिफल    एफएम रेडियाे                        

युबराज बडुवाल / बाजुरा – सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि बाजुराबाट  ७२ खेलाडी छनोट भएका जिल्ला खेलकुद समितिका अध्यक्ष राकेश थापाले बताएका छन् ।  यही फागुन १२ गतेदेखि १५ गते खप्तड छेडेदहमा रहेकाे दशरथ माविमा सम्पन्न भएको १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदेशस्तरीय प्रतियोगिताको लागि छनोट गरिएको थापाले बताएका छन् ।

  • खेलाडीहरु नाम ( दाैड )

छनोट हुनेमा १ सय मिटर दौड छात्रतर्फ बडीमालिका नगरपालिकाका राजु वि‍.क , छात्रातर्फ बडीमालिका नगरपालिकाकी पुजा थापा , २ सय मिटर दौडमा छात्रतर्फ बडीमालिका नगरपालिकाका गणेश वि.क , छात्रातर्फ बडीमालिका नगरपालिकाकी पुजा थापा , ४ सय मिटर दौडमा छात्रतर्फ बडीमालिका नगरपालिकाका दिपक रावल , छात्रातर्फ त्रिवेणी नगरपालिकाकाी निर्मला सार्की , ८ सय मिटर दौडमा छात्रतर्फ बुढीगंगा नगरपालिकाका पारस खत्री , छात्रातर्फ त्रिवेणी नगरपालिकाकी सरिता बुढा , १ हजार ५ सय मिटर दौडका लागि छात्रतर्फ बडीमालिका नगरपालिकाका पंकज बाेहरा , छात्रातर्फ त्रीवेणी नगरपालिकाकी सरिता बुढा , ३ हजार मिटर दौडमा छात्रतर्फ त्रिवेणी नगरपालिकाका जय बहादुर बुढा , छात्रातर्फ खप्तड छेडेदह गा.पा की गाैरा धामी छनोट भएकी छन् ।

  • हाइजम्प /लङजम्प

हाइजम्पमा छात्रतर्फ त्रिवेणी नगरपालिकाका अभिषेक अएडी छनोट भएका छन् भने छात्रातर्फ खप्तड छेडेदह गा.पा की प्रतिभा कुमारी बम  छनोट भएकी छन् । लङजम्पमा छात्रतर्फ बडीमालिका नगरपालिकाका राजु वि‍.क छनोट भएका छन् भने छात्रातर्फ खप्तड छेडेदह गा.पा की मनिसा कु. कठायत छनोट भएकी छन् ।

  • त्रिपलजम्प /ज्याभलिङ थ्रो / सर्टफुट 

त्रिपलजम्पमा छात्रतर्फ बडीमालिका नगरपालिकाका राजु वि‍.क छनोट भएका छन् भने छात्रातर्फ खप्तड छेडेदह गा.पा की मनिसा कु. कठायत छनोट भएकी छन् । ज्याभलिङ थ्रोमा छात्रतर्फ बुढीनन्दा न.पा का प्रेम तिरुवा छनोट भएका छन् भने छात्रातर्फ बडीमालिका नगरपालिकाकी सिर्जना बुढा छनोट भएकी छन् । सर्टफुटमा छात्रतर्फ गाैमुल गा.पा का महेन्द्र ल्वार छनोट भएका छन् भने छात्रातर्फ बडीमालिका न.पा की सिर्जना बुढा छनोट भएकी छन् ।

  • कबड्डी  छात्र 

कबड्डीमा छात्रतर्फ बुढीगंगा न.पा का निराजन खत्री , पारस गिरी , बलराम बिष्ट , सन्जु बि.क , त्रिवेणी न.पा का विरेन्द्र अएडी , चिरन जिवी साँउद , किशाेर अयडी , गाैमुल गा.पा का  , लाेकेन्द्र राेकाया , सन्ताेष वि.क बडीमालिका न.पा का पवन राेकाया छनोट भएका छन् ।

  • कबड्डी  छात्रा 

कबड्डीमा छात्रातर्फ त्रिवेणी न.पा की अपेक्षा शाह , सिर्जना बुढा , मिना अएडी आशिका शाही , बुढीगंगा न.पा की सन्ध्या भारती , बडीमालिका न.पा की प्रवेशीका बाेहरा , पवना थापा , गाैमुल गा.पा की अस्मिता राेकाया , बुढीनन्दा न.पा की निरुता शाही , खप्तड छेडेदह गा.पा की कल्पना कुमारी धामी छनोट भएकी छन् ।

  • भलिबल  छात्र 

भलिबलमा छात्रतर्फ त्रिवेणी न.पा का याेगेन्द्र साँउद , सागर चदारा ,रमेश वि.क ,पवन गिरी , बुढीगंगा न.पा का अर्जुन शिंह , मनाेज शाही , खप्तड छेडेदह गा.पा का लाेकेन्द्र सार्कि , गाैमुल गा.पा का दिपेन्द्र धामी , जगन्नाथ गा.पा का सुनिल शाही चुनिएका छन् । वैकल्पिकमा त्रिवेणी न.पा का यज्ञ नेपाली ,खप्तड छेडेदह गा.पा का तेज शिंह ,गाैमुल गा.पा का विनाेद  राेकाया छनोट भएका छन् ।

  • भलिबल  छात्रा 

छात्रातर्फ भलिबलतर्फ त्रिवेणी न.पा की सुचना अएडी ,सरिता बुढा ,सुजता बुढा संगिता अएडी ,गाैमुल गा.पा की बिन्दु बाेहरा ,शान्ति राेकाया ,बडीमालिका न.पा की यमुना राेकाया ,जगन्नाथ गा.पा की र्निजला सार्कि  , खप्तड छेडेदह गा.पा की ललिता मिजार छनोट भएकी छन् । वैकल्पिकमा गाैमुल गा.पा की ,नविना राेकाया, रिमा थापा ,त्रिवेणी न.पा की सभ्यता अएडी ,बुढीग‌गा न.पा की चन्द्रा जाेशी छनोट भएकी छन् ।

  • कराँते

कराँतेमा छात्रतर्फ ४२ केजी समूहमा बडीमालिका न.पा का सहदेब न्याैपाने  र ४७ केजी समूहमा बडीमालिका न.पा का गाैतम खड्का ,५१ केजी समुहमा कृष्ण जैशी, एकल काता मा नविन थापा छनोट भएका छन् ।

कराँतेमा छात्रातर्फ ४० केजी समूहमा बडीमालिका न.पा की राजेश्वरी राेकाया , ४५  केजी समूहमा प्रतिक्षा बाेहरा , ५० केजी समूहमा मनिका भराला र एकल काताका जनवरी राेकाया छनोट भएकी छन् ।

  • टेक्वान्दाे  छात्र 

टेक्वान्दाे छात्रतर्फ ४५ केजी समुहमा बुढीनन्दा न.पा का नरेश मल्ल , ४८ केजी समुहमा बडीमालिका न.पा का प्रियतम् खड्का ,५१ केजी समुहमा बडीमालिकाका महेन्द्र तिमिल्सेना छनाेट भएका छन् ।

  • टेक्वान्दाे  छात्रा 

टेक्वान्दाे छात्रातर्फ ४२ केजी समुहमा बुढीनन्दाकी यमुना शाही ,४४ केजी समुहमा बुढीनन्दाकी साेना थापा ,४६ केजी समुहमा बडीमालिकाकी बिनिता तेपाली छनाेट भएकाे जिल्ला खेलकुद विकास समिति बाजुराले बताएकाे छ ।

प्रदेशस्तरीय प्रतियोगिताको मिति भने टुङ्गो लागेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर