बाजुरा / जिल्लाको हिमाली गाउँपालिका बिधालयमा चैत २ गतेबाट परिक्षा संचालन गरिने भएको छ।
गाउँपालिका भित्र रहेका २२ वटा बिधालयको वार्षिक परिक्षा चैत महिनाको २ गतेबाट परिक्षा गरिने भएको छ। बिधालय अन्तिम परिक्षाको प्रश्न पत्र सहित उत्तर पुस्तिका पठाउने कार्य गरिरहेको छ। पालिका केन्द्र बाट एक दुई दिन जान टाढा भएको बिधालय हुँदा समयमा पुर्याउनका लागी छिटो प्रश्न पत्र र उत्तरपुस्तिका स्कुलमा शिक्षक लाई जिम्मेवारी दिएर वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
नयाँ वर्षको शैक्षिक सत्रमा पढाई गुणस्तरीय शिक्षाको रूपमा बनाउन छिटो परिक्षा लिएको बताएको छ। हिमालीमा रहेका बिधालय बैशाख महिनाको पहिलो हप्ता सञ्चालन गरिने पनि बताएको छ। आउदो वर्षमा नयाँ ढंगले शिक्षा क्षेत्रमा गाउँपालिका शिक्षा शाखा लगायत जनप्रतिनिधि निरंतरता बिधालय अवलोकन गरी विद्यार्थी पढाइमा प्रभावकारी बनाउन लाग्ने गाउँपालिकाले बताएको छ।





