युनिकोड    राशिफल    एफएम रेडियाे                        

युबराज बडुवाल –  जिल्लाको सदरमुकाम मार्तडीमा विभिन्न कार्यक्रम गरि ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयोको छ। अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ ।

बडीमालिका नगरपालिकाको आयोजनमा गरीएको कार्यक्रममा सदरमुकाम बजार र्याली परीक्रमा गरी खुल्ला मञ्चमा संस्कृतीक कार्यक्रम गरी मनाएको छ ।

महिलाको प्रविधिमा पहुँच सुनिश्चित गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरी दिवस मनाइयोको छ ।

‘लैंगिक समानताको बलियो आधार ः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइयोको छ ।

बडिमालिका नगरपालिका नगर उप प्रमुख नन्दा थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का रहेका थिए । कार्यmक्रमको बिषिस्ठ अतिथिमा बिभिन्न राजनितक दलका पार्टी प्रतिनिधी, प्रमुख जिल्ला अधिकारी पुस्कर खड्का, र सुरक्षा निकायका प्रमुख हरु रहेका थिए । कार्यक्रममा बिभिन्न टोलका सांस्कृतीक देउडा लगायतका कार्यक्रमहरु प्रस्तुत गरीएका थिए । रेडीयो कर्मी सरिता नेपालीले संचालन गरेको सो कार्यक्रमको स्वागत बडिमाकिला नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख केशरी रोकायाले गरेकी थिईन ।

प्रतिक्रिया

सम्बन्धित खवर