बाजुरा/ बुढीगंगा नगरपालिका ९ मा बालविवाह र छाउपडी कुप्रथा न्यूनिकरण सम्बन्धि अन्र्तक्रिया कार्यक्रम सुरु भएको छ।
बृहत छलफल पश्चात वडा नम्बर ९ को कार्यलयले सार्वजनिक सुचना जारी गर्दै वडाका सबै केटाकेटीले अनिर्बाय रुपमा जन्मदर्ता गराउनु पर्ने बताएको छ। विवाह गर्दा वडा कार्यालयमा जन्म दर्ता पेश गरेर अनुमति लिएर विवाह गर्नु पर्ने बताएको छ। वडा अध्यक्षको हस्ताक्षरीत सुचनामा २० बर्ष भन्दा कम उमेरमा विवाह गर्ने गराउने आमा बुबा दाजु भाई पुरोहीतलाई समेत कानून बमोजिम कार्बाही गरिते बताएको छ। विवाह कार्डमा केटा र केटीको उमेर खुलाएर बनाउनु पर्ने समेत बताए। बालविवाह गर्ने परिवारलाई वडाबाट पाईने सेवा सुबिधा सामाजिक सुरक्षा भत्ता बाल पोषण, काठ पुर्जी, सिफारिस लगाएत अन्य सेवा सुबिधा समेत कटोती गरिने वडा अध्यक्ष मीनबहादुर सिंहले बताएका छन्।





