बाजुरा/ जिल्लाकाे बुढीनन्दा नगरपालिका वडा नम्बर ३ भुलेनाका एक युवा भिरवाट लडेर घाईते भएका छन । घाईते हुनेमा अनुसन्धान दाजी ३०/३२ बर्षका देविलाल लुहार रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।
फाल्गुण १९ गते दिउसाे २ बजे तिर गाउँ नजिकै रहेकाे नाना चाैर भिरबाट हाम फाल्न खाेज्दा उनी घाईते भएका हुन ।
निजले भिरवाट हाम फाल्न खाेज्दा उनलाई बचायन गएका साेही वडा बस्ने अन्दाजी २१/२२ बर्षिया लाल लुहार पनि निजसँगै भिरवाट खस्न गई सक्त घाईते भएकाे वडा अध्यक्षले फाेन मार्फत प्रहरीलाई जानकारी दिएकाे हाे ।
साे घटना घटेकाे ईलाका पणरहरी कारणयालय बुढिनन्दाले जानकारी पाउना साथ प्रहरी निरिक्षक सुरज सिहको कमाण्डमा ७ जनाको टोली खटिएको ईलाका पणरहरी कार्यालय बुढीनन्दाले जनाएकाे छ ।
घाईते दुबै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी बाजुरामा उपचार भईरहेको प्रहरीकाे भनाई छ । बिरबाट लडेका देवीलाल लुहारक दुबै हात भाँचिएको, टाउकोमा गम्भिर चोट लागेकाे छ भने लाल लुहारको पुरै शरिर थिचिएको बाहिरी शरीरमा कुनै पनि घाउ/चोट नदेखिएको ईलाका स्वास्थ्य चाैकी काल्टीले जनाएकाे छ ।
उनिहरु दुबै जना बेहोस अबस्थामा भेटिएका थिए । उनिहरुकाे थप सणवासणथ्य अबस्था बारे भने कुन जानकारी नआएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।





