युबराज बडुवाल/ बाजुरा जिल्लाकाे पुर्वी उत्तरी भेगमा रहेकाे हिमाली गाउँपालिका वडा नं. ६ पाँडी गाउँमा टेलीफोन टावर निर्माण आसन्न बैशाख महिना बाट सुरु गरिने हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले बताएको छ्न् ।
वर्षौंदेखि टेलिफोन टावरले गर्दा स्थानीय नागरिक फोन गर्ने सास्ती खेप्नुपरेको छ। याे समस्यालाई स्थानीय गुनासो अनुसार समाधान तर्फबाट लागिपरेको अध्यक्ष मल्लले बताएको छ। अबको केहि महिनामै टेलिफोन टावर जडान गरी संचार माध्यममा जोडिन गरी पाँडी गाउँका मान्छेलाई संचार क्षेत्रमा भएको समस्या हटाउने अध्यक्षले बताएका छन् ।
अन्तरक्रिया कार्यक्रम बोल्दै अध्यक्ष मल्ल अब बैशाख महिना टेलिफोन टावर निर्माणकार्य सुरु गरिने बताए । असार मसान्तसम्म स्थानीय नागरिक संचार क्षेत्रमा पहुँचमा ल्याउने गाउँ बाट फोनमा कुराकानी गर्ने डाडा काडामा धाउनुपर्ने अवस्था नरहने बताए।
दुर्गम तथा पछाडी परिरहेको पाँडी गाउँमा ईन्टरनेट सहितको टेलिकम टावर बिस्तार गरी नागरिकहरुलाई टेलिकमको पहुँचमा ल्याउनकाे लागि नेपाल टेलिकमको कार्यालय जिल्ला, प्रदेश हुदै केन्द्रिय कार्यालय पटकपटक पहल गरीएकाे थियाे । अबको केहि महिनामा टेलिफोन टावर विस्तार गरी सेवा सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष मल्लले बताएका छन्।





