युनिकोड    राशिफल    एफएम रेडियाे                        

युबराज बडुवाल / बाजुरा – जिल्लाकाे बडीमालिका नगरपालिका वडा नम्बर ६ जडाङ्गामा बडीमालिका सामुदायिक बिउ बैंक नाममै समिति रहेको छ । याे स्थापना गरेको ८ महिना बितिसक्दा पनि कृषकले यसबाट पाउने सेवा सुविधा नपाएकाे स्थानीयकाे गुनासो रहेको छ ।

बडीमालिका नगरपालिका ,सहास नेपाल ,आई.एन.एफ र ६ नम्बर वडा कार्यालयको संयुक्त साझेदारीमा स्थापना गरिएको बिउ बैंक तथा कृषि उपज संकलन केन्द्रकाे स्थापना गरिएको थियो । तर अहिले याे बेवारिसे अवस्थामा रहेको छ । स्थानिय कृषकहरूले भने फलफूल तरकारीको बिउ ल्याउनकाे लागि एक दिनकाे पुरै समय खर्चिने समस्या नटरेकाे बताएका छन् ।

  • स्थानीय, कृषक समुह के भन्छन त ?

स्थानीय दल बडुवालले भने अब बर्षातकाे समय पनि नजिकिँदै छ । तरकारी फलफुलहरूकाे बिउ ल्याउनकाे लागि सामुदायिक बिउ बैंक पुगे तर कार्यालय भवन बन्द देखियो । यस् संस्था संग आबद्धकेही व्यक्तिलाई सम्पर्क गर्दा बिउ नभएको भवन देखावटी रूपमा मात्र सिमित रहेको बताएका छन् । बडुवालले भने स्थानीयलाई सेवा सुविधा दिनको लागि स्थापना गरिएको बिउ बैंक बाट केही स्थानीय लाभान्वित नभएपछि कृषकका समस्या जिउँ का तिउँ रहेको बताएका छन् ।

कृषक हरूलाई राहत पुर्याउनकाे लागि सञ्चालन गरिएको बिउ बैंक नाममै मात्र सिमित भएपछि स्थानीय सदरमुकाम मार्तडीमा पुगेर विभिन्न तरकारी , फलफुल हरूकाे बिउ किनेर लिन बाध्य भएको बडुवालले बताएका छन् । नियमित सञ्चालन गर्ने भनियता पनि कृषि उपज संकलन केन्द्र अहिले ३ महिना देखि बन्द रहेको छ । यसमा दूई जना अस्थायी कर्मचारी राखिएको थियो कर्मचारीले तलव नपाएपछि कार्यालयमा आउन छाेडेकाे स्थानीयले बताएका छन् ।

  • वडा नं‍. ६ का वडा अध्यक्ष कृष्ण खड्का के भन्छन् त ?
वडा नं. ६ का वडा अध्यक्ष कृष्ण खड्काले भने सामुदायिक बिउ बैंक भवन निर्माणको लागि आई.एन.एफ , सहास नेपाल र वडा कार्यालयको संयुक्त साझेदारीमा स्थापना गरिएको हाे ।
वडामा भवन निर्माणकाे लागि मात्र बजेट भएको पछि तरकारी ,फलफुलकाे बिउ र व्यवस्थापनमा संस्था हरूले सहयोग गरेको बताएका छन् । ६ नम्बर वडा कार्यालय जनप्रतिनिधि र स्थानिय हरूकाे पहिलो बैठककाे निर्णय अनुसार दुई जना अस्थायी कर्मचारी राखिएको थियो तर कर्मचारी लाई तलब खुवाउन वडामा बजेट नभएपछि अहिले सम्मको कर्मचारीकाे तलब राेकीएकाे वडा सदस्य प्रेम बडुवालले बताएका छन् ।
बिउ बैंक भवन अहिले बन्द अवस्थामा रहेको छ । अबकाे आर्थिक बर्ष यसको व्यवस्थापन र बिउ हरूकाे लागि वडा र नगरपालिका बाट नै बजेट विनियोजन गर्ने अध्यक्ष खड्काले बताएका छन् । खड्काले भने वडा बजेट सिमित मात्रामा मात्र आउने भएकाले यसको लागि कर्मचारी नगरपालिका मातहतमा राख्ने बताएका छन् ।
  •  बडीमालिका नगरपालिका के भन्छ त ?
बडीमालिका नगरपालिकाले अब आर्थिक बर्षमा यसको व्यवस्थापनकाे लागि केही बजेट विनियोजन गर्ने र यसमा कार्यरत कर्मचारी लाई नगरपालिकाकाे मातहतमा राख्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर