युबराज बडुवाल / बाजुरा – उद्योग बाणिज्य सङ्घ बाजुराले बिहीबार पनि बाजुराका सबै बजारहरु बन्द गरेका छन् । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर र नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीतिका विरुद्ध मार्तडीमा आन्दोलन सहित २ घण्टा बजार बन्द गरेका छन् ।
बैक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण व्यवसाय नै धरापमा परेको भन्दै बाजुरा उद्योग बाणिज्य संघले बाजुराका उद्योग, व्यवसायहरू बन्द गरेकाे बताइएको छन् । १७ गते बुधबार देखि १९ गते सम्म दिउसो १२ बजे देखि २ बजेसम्म सदरमुकाम मार्तडी लगायत जिल्लाभरका बजारहरु बन्द गर्ने उद्योग बाणिज्य सङ्घ बाजुराका अध्यक्ष देव बहादुर रोकायाले बताएका छन् ।





