युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

धनगढी / नेकपा एमालेका अछाम क्षेत्र नं. १ का क्षेत्रीय निर्वाचन कमिटी संयोजक प्रकाश शाहले राजीनामा दिएका छन् । शाहले शनिवार एमाले जिल्ला कमिटी अछामलाई राजीनामा पत्र लेख्दै आफूले पदबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

शाहले नेता डा. भीम रावल लाई अछाम क्षेत्र नं. १ बाट सर्वसम्मतिले प्रतिनिधि सभाका लागी एकल उम्मेदवारका रूपमा सिफारिस गर्दा पनि केन्द्रीय कमिटीले जिल्लाको सिफारिस विपरीत निर्णय गरेको हुँदा आफूले राजीनामा दिएको उनले उक्त राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

शुक्रवार मात्रै एमालेले रावलको ठाउँमा अछाम–१ बाट झपट बोहरालाई अघि बढाएको छ ।

एमालेको टिकट वितरणको अधिकारसमेत पाएका पार्टी अध्यक्ष केपी ओलीले बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेका थिए । नेकपा माओवादी केन्द्र छोडेर एमालेमा आएका बोहरा एमाले केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज छन् ।

अछाम जिल्ला कमिटीले भीम रावललाई सर्व सहमत एकल सिफारिस गरेको भए पनि ओलीको रोजाइमा भने बोहरा परेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर