युबराज बडुवाल / बाजुरामा फागुन १९ गते बाट हुने भनिएको प्रथम खप्तड मालिका कृषि, पर्यटन, सँस्कृति तथा व्यापार महोत्सव प्राविधिक कारण केही समय सारिएकाे आयाेजकले मंगलवार प्रेस विज्ञप्ती मार्फत जानकारी दिएकाे छ ।
कृषि जडिबुटी, उद्योग, पर्यटन र व्यापार, समृद्ध बाजुराका लागि विकासको आधार भन्ने मुल उद्देश्यका साथ फागुन १९ देखि २७ गतेसम्म जिल्ला सदरमुकाम मार्तडीमा सञ्चालन गरिने महोत्सव आगामि चैत ३ गतेदेखि चैत १३ गतेसम्म सञ्चालन गरीने अध्यक्ष शुक्रराज बाेहराले बताएका छन् ।
व्यवस्थापक समितिले तेकीएकाे समयमै काम गर्न नसक्दा र अन्य प्राविधिक कारणले महाेत्सव सारिएकाे आयाेजक समितिले बताएकाे छ ।
महोत्सवमा स्थानीय स्तरमा हुने विभिन्न पर्व, गौरा, अनन्ते, भुवा, हुड्के नाच लगायतका कार्यक्रम प्रत्यक दिन प्रस्तुत गरिने आयोजकले बताएको छ । करिव एक सात भन्दा बढी संचालन हुने महोत्सबमा बाजुराबासीलाई भरपुर मनोरन्ज दिन स्थानीय देखि राष्ट्रिय स्तरसम्मका कलाकारहरुको सहभागीता रहने छ । कलाकारहरु एलिना चौहान,बिनोद बाजुरेली,दुर्गेस थापा,चक्र बम,एल्बि चन,गौरी भट्ट ,टङक तिमिल्सिना ,राम जी खाण,मनिस खड्का,पुस्कल सर्मा,अञ्जली अधिकारी , बर्दी पङगेनि,लाल बहादुर धामी,जेआर भट्ट ,प्रकाश थापा,सर्मिला बिसि,पबिन्द्र सुनार लगाएत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने युवा संजाल बाजुराले जनाएको छ ।





