युनिकोड    राशिफल    एफएम रेडियाे                        

युबराज बडुवाल / बाजुरा जिल्लामा १३ औं राष्ट्रपति रनिङ सिल्डको उपाधी बडीमालिका नगरपालिकाले हात पारेको छ । बडीमालिका नगरपालिकामा पर्ने मालिका नमुना माविले प्रर्त्यक बर्ष उपाधी उचाल्दै आएकोमा यो पटक पनि बडीमालिकाले नै उचालेको छ ।

आयोजित खेलहरुमा सबैभन्दा बढी स्वर्ण सहीत शिर्ष स्थान ल्याएर उपाधी हात पारेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राकेश थापाले बताएका छन् ।

भाग लिएका मध्ये बडीमालिका शिर्ष अंक सहीत पहिलो भएको छ । भने त्रिवेणी नगरपालिका दोस्रो स्थान भएको छ । बडीमालिकाले २३ वटा स्वर्ण मात्रै जितेको छ । यस्तै बुढीनन्दा नगरपालिका तेस्रो र खप्तड छेडेदह गाउँपालिका चौथो स्थान ल्याउन सफल भएको छ ।

बडीमालिका नगरपालिकाले भने आफ्नो इतिहासलाई कायम राखेको छ । सुरुको वर्षदेखि नै रनिङ सिल्डको उपाधी विद्यालय बीच हुँदा मालिका नमुना मावि र पालिका स्तरमा हुँदा बडीमालिका नगरपालिकाले कब्जा गर्दै आएको छ । उपाधीको निरन्तरता दिएको भन्दै नगर प्रमुख अमर खड्काले खेलाडीलाई बधाई दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर