युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमान्डाैँ ।    मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीले १९ ठाउँबाट प्रतिस्पर्धा गर्ने भएको छ। सत्तारूढ गठबन्धनको चुनावी तालमेलको सहमतिअनुसार एकीकृत समाजवादीले १९ वटा निर्वाचन क्षेत्र आफ्नो भागमा पाएको हो।

उसले प्रदेश १ मा २, मधेस प्रदेशमा २, बाग्मती प्रदेशमा ४, गण्डकी प्रदेशमा १, लुम्बिनी प्रदेशमा ४, कर्णालीमा तीन र सुदूरपश्चिममा ३ सिट पाएको छ।

प्रदेश १ को इलाम-१ र उदयपुर- २, मधेस प्रदेशको रौतहट- १ र बारा- ४, बागमतीको धादिङ -१, काठमाडौं- ८, ललितपुर- २ र मकवानपुर- २, गण्डकीको कास्की- २, लुम्बिनीको गुल्मी– २, पाल्पा-२, रूपन्देही- २ र दाङ- १, कर्णालीको सल्यान, डोल्पा र दैलेख- १, सुदूरपश्चिमको अछाम- १, बझाङ र डोटीमा एकीकृत समाजवादीले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने भएको छ।प्रदेशसभातर्फ भने उसले ३६ वटा सिट पाउने भएको छ।

नेकपा एमालेबाट अलग हुँदा प्रतिनिधिसभाका २३ र राष्ट्रियसभाका ७ जना गरी ३० जना सांसदले गठबन्धन सरकारलाई समर्थन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर