युनिकोड    राशिफल    एफएम रेडियाे                        

युबराज बडुवाल /बाजुरा – बडीमालिका नगरपालिका नगर प्रमुख अमर खड्काले आइतबार कृषि पत्रकार महासंघ नेपालले आयाेजना गरेको एक कार्यक्रममा कृषि क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिनुपर्ने बताएका छन् ।

नगर प्रमुख खड्काले भने कृषिमा बालीजन्य र पशुजन्य उत्पादन गरी जिविको पार्जन गर्ने जलन्त उदारणहरु बाजुरा जिल्लामा अहिले पनि देख्न सक्छौं । खेत वा बारिमा अन्न रोपी त्यसलाई गोडमेल गरेर अन्न उब्जाउने कार्य, पशुपालन, बाली उत्पादन, माछापालन र  खेतीपाती गरेर जीविकोपार्जन गर्ने समाजकाे रुपमा हाम्रो बजुरेली समाज लिन सकिन्छ ।

नेपाल पनि एक कुषि प्रधान देश हो । नेपालको ६६ प्रतिशत जनसङ्ख्या प्रत्येक्ष वा अप्रत्येक्ष रुपमा कृषि पेशमा लागेको छन् । देशको कुल ग्राहस्य उत्पादनको लगभग ३३ प्रतिशत भाग कृषिले ओगटेको छ ।

विभिन्न संघसंस्थाहरुले खाद्य तथा पोषण सुरक्षा, खाद्य, अधिकार र खाद्य संप्रभुतिको लागि किसान सचेतीकरण गर्दै कृषि पेशालाई सम्मानित पेशाका रुपमा पहिचान गराउन, जिल्लालाइ आत्मनिर्भर बनाई, गरिबी न्युनिकरण साथै समुदायको आर्थिक, सामाजिक विकासका निमित्त योगदान पु¥याउन र कृषिका समूहको लक्ष्यका साथ अघि बढाउन नसकेको प्रमुख खड्काले बताएका छन् ।

खड्काले भने  खेती गर्ने तरिका, मल, विषादी, उपचार विधि जस्ता सामान्य ज्ञानको कमीले गर्दा उही पुरानो परम्परागत शैलीमा खेती गर्न बाध्य छन् । यस्ता समस्याले गर्दा विविध कठिनाईहरु भोग्नुपर्ने अवस्था छ । कृषि क्षेत्रमा देखिएका यस्ता समस्या पहिचान र समाधानका लागि कृषि सम्बन्धि सरोकावाला निकायको भुमिका निकै महत्वपूर्ण हुन्छ ।

यसले कृषि सम्बन्धि शिक्षा तथा गुणस्तर वृद्धि गर्न प्रत्यक्ष, अप्रत्यक्ष रुपमा भूमिका निर्वाह कृषकलाइ अनुदानकाे व्याबस्था गर्ने कृषि सम्बन्धी जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नु आवश्यक रहेकाे खड्काले बताएका छन् ।

खड्काले कार्यक्रममा बेल्दै जिल्लामा कृषी पत्रकार महासंघ शाखा समिति गठन भएकाेमा खुशी व्यक्त गरेका छन् ।  अबकाे आगामि दिनमा यस संस्थाले जिल्ला भित्र रहेका कृषकहरुका समस्यालाइ बाहिर ल्याएर समस्या समाधानकाे उपायतिर लाैजाने आशा समेत बेक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर