बाजुरा / फागुन १९ गते बाट हुने गरी तयार गरीएकाे प्रथम खप्तड मालिका कृषि, पर्यटन, सँस्कृति तथा व्यापार महोत्सव बिवादीत बन्दै गएकाे छ ।
कलाकारहरुको छाता संगठन लोक तथा दोहोरी गीत प्रतिष्ठान बाजुराद्धारा आइतबार प्रेस विज्ञप्ती प्रकाशित गरी महोत्सवलाई विवादमा ल्याइएकाे छ । प्रतिष्ठानले विज्ञप्तीमा नै बाजुराका कुनै पनि कलाकारहरुलाई स्थान नदिएकाे र समन्वय नगरि आयोजना गर्न लागिएको महोत्सव सञ्चालनमा सहकार्य नगर्न समेत उल्लेख गरीएकाे छ । जिल्लाको उद्योग वाणिज्य संघ देखि अन्य कुनैपनि निकायलाई जानकारी नगराएको र आफू अनुकुल कलाकारिताका नाममा नांगो व्यापार गर्न खोजेको प्रतिष्ठानले निष्कर्ष निकालेको छ ।
खप्तड मालिका युवा क्लबले आयोजना गरेकाे महोत्सव स्थानीय कला सँस्कृतिको प्रवद्र्धन, रैथानी खाद्यन्नको पहिचान र उद्यम उत्पादनको बढावाका लागि महोत्सव गर्न लागिएको आयोजकले बताएको छ । यसमा करिब ४० लाख बढी खर्च र ४४ आम्दानीको अनुमान रहाेकाे आयाेजकले बताएकाे छ ।
राष्ट्रिय स्तरमै चर्चा कमाएका कलाकारहरु एलिना चौहान, सुप्रीम मल्ल, विनोद बाजुराली, अञ्जली अधिकारी, बद्री पंगीनी, पविन्द्र सुनार, पुष्कल शर्मा, लालबहादुर धामी, गौरी भट्ट, टंक तिमिल्सेना सहीत २१ बढी कलाकार ल्याउने तयारी गरिएपनि बाजुरा जिल्लाका कलाकारहरु भने सहभागि नहुने देखिएको छ ।






