युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
राष्ट्रियसभा निर्वाचन कार्यतालिका सार्वजनिक, पुस २३ गते मनोनयन दर्ता | राेहित पाैडेल बने ओडीआईमा २ हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी | एसईई २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला | जेनजी आन्दोलनमा ६ हजार राहदानी जले : अहिले दैनिक पाँच हजार राहदानीको माग | निर्वाचनको वातावरण बनाउन सातै मुख्यमन्त्री तयार | हर्क साम्पाङ नेतृत्वको पार्टीले आधिकारिकता पाउँदै | बस दुर्घटनामा परी घाइते भएका एककाे उपचारका क्रममा मृत्यु | ओलीको स्पष्ट अडान: एकीकृत समाजवादीका असन्तुष्ट समूहसँग एकता नहुने | आजदेखि सरकारी कार्यालयको समय घटाइयो: बिहान १० देखि दिउँसो ४ बजे | आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय, खाय’ |

धनगढी – अगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्यमा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । शुक्रवार धनगढीमा ३० मिनेट लामो पत्रकार सम्मेलन गर्दै ओझाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।

ओझाले आफू हौसिएर नभई धनगढी तथा कैलाली क्षेत्र नं. ५ का नागरिकहरूको आत्मसम्मानको लागी आफ्नो  स्वतन्त्र उम्मेदवारी दिएको  बताए छन् । नेपाली जनताको अधिकार सम्पन्न भएर बाँच्न पाउने अधिकारको निम्ति दलीय व्यवस्थाका लागी लडे पनि अहिले आफ्नो पार्टीले दल विहीन बनाई रहँदा आफूले कठोर निर्णय लिन परेको र काङ्ग्रेस पार्टीले आफूप्रति गरेको व्यवहारको जवाफका रूपमा समेत यो उम्मेदवारी रहेको बताएका छन् ।

पार्टीले कारबाही गरेर आफ्नो व्यक्तित्व कमजोर गर्ने तथा अन्य प्रयास गरे पनि धनगढी कस्तो बनाउने आफू हुर्केको ठाउँको आत्मसम्मानमा आँच आउने खालका काम भई रहँदा चुप लागेर बस्ने स्थित पनि नरहेको हुँदा धनगढीले सधैँ आफूलाई माया गर्ने दृढ विश्वास र दृढ विश्वासका फाछाडि विभिन्न सहयोगी र ऊर्जावान् कारणको परिणामका कारण पनि आफू स्वतन्त्र भएर उठ्नुपरेको ओझाको स्पष्टोक्ति थियो ।

उनले भने, “म कुनै कारण हौसिएको पनि हैन । गोजी भएर धनगढीमा आएर प्रतिनिधि सभामा जान सकिन्छ भन्ने इम्प्रेसन धनगढीको बन्दै थियो त्यसलाई रोक्नु छ । कैलालीका यो क्षेत्रमा काँग्रेस बनाउने जिउँदो इतिहासलाई दल विहीन बनाएर स्वतन्त्र नागरिकको रूपमा बस्न बाध्य पर्ने तथा अहिले राजनीतिक दलहरूले दलीय व्यवस्थाको मजाक बनाउने गरी गर्ने कार्य सम्पादन लगायतका तमाम गलत प्रवृत्तिले मलाई स्वतन्त्र  बनायो । यी विभिन्न घटना क्रम हेर्दा मलाई नियतिले स्वतन्त्र बनाएको हो । म पनि निर्दलीय व्यवस्थाको पक्षधर पक्कै हैन । बस अहिले दलहरूले गरिरहेको गलत अभ्यास लाई रोक्न सबक सिकाउन आवश्यक रहेकोले नै मेरो उम्मेदवारी हो ।”

मतदाताका तहमा सर्वदलीय उम्मेदवार बन्ने प्रयत्न गर्ने र गलत प्रवृत्ति बोकेर जो पनि आउँछ । जुन प्रवृत्तिका विरुद्ध लडिरहेको छु। त्यसको प्रतिनिधित्व गर्दै जो आउँछ त्यो आफ्नो लक्ष हुने दाबी गरेका छन् ।

यसका साथै उनले निर्वाचनमा विजयी भएमा पाँच वर्ष जनताको मतको कदर गर्ने र धोका नदिई जनताको आत्मसम्मानको लागी काम गर्ने कसम खाएका छन् ।

यस अघि ओझाले निर्वाचन आयोगले आइतबार उम्मेदवार मनोनयन दर्ताको समय तोकेकाले उम्मेदवारी दिने विषयमा निकटस्थहरूसँग छलफल गरेका थिए ।

२०७४ सालको प्रतिनिधिसभा चुनावमा आकाङ्क्षी रहेका ओझा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणालाई टिकट दिएपछि ओझा रुष्ट थिए । आरजु नेकपा एमालेका नारद मुनी रानासँग पराजित भएपछि चुनावमा असहयोग गरेको भन्दै नेपाली काँग्रेसले क्रियाशील सदस्य समेत नरहने गरी उनलाई कारबाही गरेको थियो ।

प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि कैलाली–५ बाट एकल सिफारिसमा परेकी आरजुले ओझाको साथ नपाउने देखेपछि समानुपातिक रोजेकी छन् । यो बिचमा ओझालाई फकाउने प्रयास समेत असफल भएका थिए ।

यी विभिन्न घटना क्रम सँगै ओझाको २०३४ साल देखीको राजनीतिक यात्रा स्वतन्त्र उम्मेदवारका रूपमा धनगढीका अर्थात् कैलाली क्षेत्र नंं. ५ का जनताको सामु अग्नि परीक्षा दिन उपस्थित भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर