युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरामा भूकम्पपीडित पालमुनि रात काट्न बाध्य भएका छन्। भूकम्प गएको एक महिना बितिसक्दा पनि के खाने, कसरी बाँच्ने भन्ने चिन्ता छ। माघ १० गतेको भूकम्पले घर भत्किँदा खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा सबै पुरिएपछि बाजुरा हिमाली गाउँपालिका २, ३, ४, ५ र ६ का अधिकांश स्थानीयहरू पालमुनि रात काट्न बाध्य छन्।

त्यहाँका स्थानीय वासीलाई उसै त के खाने, कसरी बाँच्ने भन्ने सधैँको चिन्ता छ। उसैमाथि भूकम्पले घर भत्किएपछि घरमा रहेको अन्न लत्ताकपडा सबै पुरिएपछि अरूको सहारामा बाँच्नु परेको छ। भूकम्पको क्षतिबारे हिमाली गाउँपालिकाले सबै वडाको तथ्याङ्क सङ्कलन गरिएको जनाएको छ। हिमाली गाउँपालिकाको वडा नं। १ देखि ७ सम्मका नौवटा घर पूर्ण रूपमा क्षति भएको र २८ घर चिराचिरा परेको हिमाली गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर