बाजुरा / जिल्ला स्थरीय१३ औं राष्ट्रपति रनिङ सिल्ड आज देखी सुरु हुने भएकाे छ ।
जिल्लाका नौ वटा पालिका मध्ये स्वामिकार्तीक खापर गाउँपालिकाले खेलमा सहभागी जनाएकाे छैन् । पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड नै आयोजना नभएपछि स्वामिकार्तीक खापर गाउँपालिका सहभागि हुन नसकेकाे र अरु ८ वटा पालिकाका खेलाडीहरु सहभागि भएकाे जिल्ला खेलकुद समिति बाजुराले जनाएको छ ।
पालिका स्तरको खेलबाट छनोट भएका खेलाडीले मात्रै खेलमा भाग लिन पाउने जिल्ला खेलकुद समिति बाजुराका अध्यक्ष राकेश थापाले बताएका छन् । थापाका अनुसार एक पालिकाबाट ९० जनाका दरले ७ सय २० जना खेलाडी सहभागि हुने छन् ।
खेल खप्तड छेडेदह गाउँपालिका ७ मा रहेको दशरथ माविको खेल मैदान हुने भएकाे छ ।
खेल शुक्रबार ११ गते १२ बजेपछि उद्घाटन हुने छ । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री नरेश कुमार शाहीले उद्घाटन गर्ने राष्ट्रपति रनिङ सिल्डमा प्रदेश सभा सदस्य जुना दानी, जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया सहीत जनप्रतिनिधी, दलका नेताहरु पनि सहभागि हुने छन् ।





