युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा / जडिवुडि र कृषिको प्रवद्धनका लागि बाजुरामा महोत्सव हुने भएको छ । खप्तड मालिका युवा संजाल बाजुराको आयोजनामा प्रथम महोत्सवको आयोजना गरिने भएको हो ।

महोत्सवमा स्थानीय स्तरमा हुने विभिन्न पर्व, गौरा, अनन्ते, भुवा, हुड्के नाच लगायतका कार्यक्रम प्रत्यक दिन प्रस्तुत गरिने आयोजकले बताएको छ । करिव एक सात भन्दा बढी संचालन हुने महोत्सबमा बाजुराबासीलाई भरपुर मनोरन्ज दिन स्थानीय देखि राष्ट्रिय स्तरसम्मका कलाकारहरुको सहभागीता रहने छ । कलाकारहरु एलिना चौहान,बिनोद बाजुरेली,दुर्गेस थापा,चक्र बम,एल्बि चन,गौरी भट्ट ,टङक तिमिल्सिना ,राम जी खाण,मनिस खड्का,पुस्कल सर्मा,अञ्जली अधिकारी , बर्दी पङगेनि,लाल बहादुर धामी,जेआर भट्ट ,प्रकाश थापा,सर्मिला बिसि,पबिन्द्र सुनार लगाएत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने युवा संजाल बाजुराले जनाएको छ ।

कृषि जडिबुटी, उद्योग, पर्यटन र व्यापार, समृद्ध बाजुराका लागि विकासको आधार भन्ने मुल उद्देश्यका साथ फागुन १९ देखि २७ गतेसम्म जिल्ला सदरमुकाम मार्तडीमा सञ्चालन गरिने भएको छ ।महोत्सवको पुरै ९ दिन सम्म मनोरञ्जन लागायत बिबिध कार्यक्रमको आयोजना गरिने खप्तड मालिका युवा संजाल बाजुराले जनाएको छ ।

खप्तड मालिका युवा संजाल बाजुराले प्रथम पटक संचालन गर्न लागेको महोत्सवलाई सभ्य र भव्य बनाउन जिल्लाका ९ वटै स्थानीय तह सह–आयोजक रहेको युवा संजालका अध्यक्ष शुक्रराज बाेहरा(सन्दीप) ले बताए। महोत्सव अवलोकन गर्नका लागि सहभागी हुने अतिथि र सर्वसाधारण तथा दर्शकहरूले अवलोकन गर्नका लागि महोत्सव स्थल भित्र १ सय बढी स्टल राखिने अध्यक्ष बोहोराले जानकारी गराए । बाजुरा महोत्सवले बाजुराको कृषि, उद्योग, पर्यटन र व्यापारले बाजुराको विकास र समृद्धि गर्न टेवा पुग्ने आशा राखिएको संजालका बरिष्ठ उपाध्यक्ष राजेन्द्र रोकायाले बताउनु भयो।

 

प्रतिक्रिया

सम्बन्धित खवर