निशान्त बडुवाल , बाजुरा खबर । बडिमालिका नगरपालिका रहेकै क्षेत्रमा पनि विजुलि बाल्न सकिएको छैन ।बडिमालिका नगरपालिकामा वडा नम्बर ६ फडिल्लाका विभिन्न बस्तीहरु अन्धकारमै छन् । आर्थिक वर्ष २०७६÷७७ कै कार्यक्रम अन्तरगत फडिल्ला लगायतका बस्तीहरुमा विद्युतीय पोलहरु गाडि तार समेत विस्तार गरिएको छ । तर हालसम्म विद्युत बाल्न उपभोक्ताहरुले पाएका छैनन् ।
त्यस क्षत्रमा १०० भन्दा बडी घर धुरी अन्य सामाजीक सञ्जाल बाट पनि टाढै रहेको स्थानीयको गुनासो छ । राज्यको नजर नपरेको बस्ती खानेपानी, बिजुली र स्वास्थ्य कुनै पनि सेवा सुबिधा त्यहाँ छैन आज सम्म कुनै पनि जनप्रतिनिधिले नदेखेको ठाँउ हो । जमिन बडिमालिका ०६ को र स्थानिय आधा वडा नं ६ र आधा वडा नं ०९ का रहेका छन् । सडकको पहुचत टाढैको कुराहो काउको दुखे सिटामोल लिन मार्तडी धाउनु प्रछ ।
राजनितिनै गरेकका छन सोझा जनतामाथि एकघरमा बिजुली बल्छ एक घर अन्धकार यही देख्न मिल्छ त्यहाँ बडिमालिका नगरपालिका ०६ मा भोट दिनेका घरमा बिजुली देख्न मिल्छ र ०९ मा भोट हाल्लेको घरमा बिजुलि नबलेको स्थानिय हर्क बडुवालको गुनासो छ । फडिल्लामा १०० घर धुरीमा ३० घर धुरी बत्ती बलेको छ । बाटो एकदमै जोखिम पुर्ण भएकोले बर्सेनी ज्यान गएको घटना ताजै छन । फलफुलका लागी एकदमै राम्रो ठाँउ हजारौ सुन्तला, कागती, मौसमी र ओखर लगाएतका बोटहरु रोपीएका स्थानीए बल बडुवालले बताए छन् ।





