बाजुरा / बाजुरामा बुधबार दिउँसो १ बजेर ४६ मिनेटमा भुकम्प गएको छ । जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्र विन्दु बनाएर ५ दशमलव २ रेक्टरको भुकम्प गएको भुकम्प मापन केन्द्र जनाएको छ ।
भुकम्पले सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा,बझाङ्ग,अछाम लगायतका पुर्वी जिल्लामा समेत भुकम्प गएको हो ।
जिल्लामा भुकम्प आएपछि होहल्ला र कोलाहल मच्चिएको छ । भुकम्प आएको थाहापाएपछि स्थानीयहरु त्रसित बनेका छन् ।
भुकम्पबाट प्रभावित भएका बाजुराका पिडीतको व्यवस्थापनि हुन नपाउदै फेरि भुकम्प गएपछि पिडित झन् चिन्तित बनेका छन् ।
भसकम्पबाट के कति क्षतीको विवरण भएको हो,भन्ने बारे जानकारी हुन सकेको छैन ।





