युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा । नेकपा माओवादी केन्द्र प्रवेश गरेका एमाले नेता रामलाल कार्की र मनलाल खत्रीलाई कारवाही गरिएको छ । नेकपा एमालेले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको जिल्ला सचिव भरत थापाले बताएका छन् ।

पार्टी आन्दोलन र विचार सिद्धान्तका विरुद्धमा जाने निर्णय गरेका कार्की र खत्रीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको छ । बाजुरा जिल्ला कमिटीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो ।

पार्टीबाट अवसर पाएकाहरुले नै व्यक्तिगत स्वार्थमा लागेर पार्टी विरुद्ध निर्णय गर्ने कुरा स्ह्य नहुने भएकोले पार्टीको विधान अनुसार नै कारवाही गरिएको एमाले बाजुराले बताएको छ । जनताको मुक्तीका लागि रोजिएको आन्दोलन छोड्ने स्वार्थहरुको एमालेमा बस्ने कुनै स्थान नरहेको  एमालेले बताएको छ ।

प्रदेश कमिटी सदस्य रहेका दुबै जनाले नेकपा एमाले छोडेर माओवादी रोजेका हुन् । दुबै जनाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट पार्टी प्रवेशको टिका लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर