युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

बाजुरा — बडा दशैं सूरु भएसंगै बजार अनुगमनलाई तिव्र पारिएको छ । चाडपर्वका बेला बजारमा देनिक उपभोग्य बस्तुमा कालोबजारी बढ्न सक्ने भन्दै बडीमालिका नगरपालिकाले सदरमुकामको माथिल्लो बजार र दुनीहाटबजारमा रहेका पसलहरुको अनुगमन गरेको हो ।

बडा दशैं र तिहारलाई लक्षित गरि बजारमा हुने कालोबजारी, अखाद्या बस्तुको मिसावट, कृतिम अभाव एंव अस्वभाविक मुल्यवृद्धि नियन्त्रण गरी उपभोक्तालाई गुणस्तरीय बस्तुको प्राप्तिमा सहज गर्ने उद्देश्यले बजार अनुगमन गरिएको बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कुमारी थापाले बताएकि छन् ।
बजार अनुगमनपछि बडीमालिका नगरपालिकाकी उपप्रमुख थापाले मार्तडी बजार भित्रका ठुला व्यापारीहरुका देनिक उपभोग्य खाद्य बस्तुका गोदामहरुको अनुगमन गरिएको बताईन् ।
बजार अनुगमनका क्रममा पसलहरु मापदण्ड अनुरुप संचालन भए नभएको तथा उपयुक्त गुणस्तर भएको नभएको बारे जानकारी लिईएको थियो । अनुगमनका क्रममा १/२ वटा पसलहरुमा म्याद गुर्जेका खाद्य सामाग्री भेटिएका थिए ।
साँफे मार्तडी सडक नखुलेका कारण बजारमा दैनिक उपभोग्य बस्तुको हाहाकार हुँदै आएको छ । सडक समस्याले खाद्यन्न सामाग्री ढुवानी नहुँदा दशैंमा उपभोक्ताहरुलाई समस्या हुने भएको छ ।
बडीमालिका नगरपालिकाकी उपप्रमुख थापाको नेतृत्वमा गरिएको अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत रंगमल विक, प्रशासन प्रतिनिधि, घरेलु कार्यालयका मानबहादुर रावल, प्रहरी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर