युनिकोड    राशिफल    एफएम रेडियाे                        
युबराज बडुवाल – बाजुरा / जिल्ला भित्रका सडकमा चल्ने यात्रुवाहक सवारी साधनको प्रयोजनका लागि जिल्ला प्रशासन कार्यालय बाजुराले सार्वजनिक गरेकाे भाडादर भन्दा दोब्बर भाडा लिने सवारी चालकलाई कार्वाही गरेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

जिल्ला प्रहरी ईकाईहरुबाट विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा जिल्लाकाे सदरमुकाम मार्तडी बाट कोल्टी तर्फ जादै गरेको से १ ज १८५ नं.को सवारी साधनले १० जना यात्रुबाट बढी भाडा लिएको पाईएकोले तोकिएको भाडा भन्दा बढी लिएको रकम रु.२४४ प्रति यात्रुहरुलाई फिर्ता गराई पहिलो पटक सम्झाई बुझाई गरि छोडिएको प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

जिल्लाकाे सबै स्थानीय सडक खण्डको  भाडादर कायम गर्दा समेत कार्यान्वयनमा नल्याउने र मनोमानित भाडा असुल्ने सवारी साधन माथि कडा नीग्रानी राखिएको प्रहरी कार्यालय बाजुराले जनाएको छ। तोकिए भन्दा बढी भाडा लिने गरेका जीप व्यवसायीलाई स्पष्टीकरणसहित बढी लिएको भाडा सम्बन्धित यात्रुलाई फिर्ता गर्न थालिएको प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

भाडादर कार्यान्वयन भए नभएको विषयमा जिल्लाभरि प्रत्येक ईलाका प्रहरी कार्यालयलाई सवारी चेकजाँच गरि पूर्ण रुपमा भाडा कार्यान्वयन गराउन निर्देशन दिएपछि हाल भाडादर कायम हुन थालेको छ । हालसम्म जिल्लामा दुई दर्जन जीप व्यवसायीलाई कारबाही गरिएको प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर