बाजुरा/ जिल्लाको बडीमालिका नगपालिका वडा नम्बर – ९ वडा कार्यालय नजिकै रहेको प्रकाश तिमिलसेनाको कोठामा आज दिउँसो १२ बजे तिर चोरी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
११ बजे खाना पकाएर कोठा बन्द गरि आफु पसल तिर निस्केको दिउँसो १ बजे खाना खान कोठामा पस्दा खाटमाथि बाकस फुटालेको फेला पारेको पिडित तिमिलसेनाले बताए । पिडित तिमिलसेनाकाे साेही काेठाकाे माथिल्लाे तलामा पसल समेत रहेकाे छ ।
बाकस भित्र रहेको नगद ४९ हजार रुपौँया चोरी भएको तिमिलसेनाले बताए । बजारमा चोरीका घटनाहरु दिन प्रतिदिन बढ्दै गएका हुदाँ यहाँका जनताले पनि असुरक्षाको महसुस गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराले यस बारे थप अनुसन्धान भईरहेको बताइएको छ ।





