बाजुरा / जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका–१ जोरुमा रहेको सत्यशाही आधारभुत विद्यालयमा न्यानो लुगा वितरण गरिएको छ । विद्यालयमा अध्यानरत १५० बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरिएको हो ।
हन्ड्रेड गुरुप अफ नेपाल र स्वामिकार्तिक गाउँपालिकाको आर्थिक सहयोग तथा स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाको पहलमा सो विद्यालयमा अध्यानरत ३ कक्षा भन्दा तलका १५० बालबालिकाहरूलाई न्यानो कपडा,झोला,भ्यासलिन,कापी र पञ्जा लगाएतका सामान वितरण गरिएको हो ।
सत्यशाही विद्यालयमा अध्यानरत बालबालिकाहरुलाई चिसो छल्नका लागी यो जाडोको मौसममा न्यानो कपडा सहित अन्य सामान वितरण गरिएको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताए ।
उहाँले भन्नु भयो, जोरु स्वामिकार्तिक खापर गाउँपालिकाको उच्च ठाउँमा पर्ने स्थान हो , त्यहाँ अन्य ठाँउ भन्दा धेरै चिसो हुने र उक्त विद्यालयमा विपन्न तथा गरिब बालबालिकाहरु अध्यान गर्ने भएकाले सो विद्यालयमा न्यानो कपडा वितरण गरिएको बताए ।
हन्ड्रेडस गुरुप नेपालको टिम र आफु मंगलवार उक्त विद्यालयमै पुगि बालबालिकाहरूलाई न्यानो कपडा लगाएतका सामाग्री वितरण गरेको गाउँपालिका अध्यक्ष रोकायाले जानकारी दिए ।





