युनिकोड    राशिफल    एफएम रेडियाे                        

युवराज बडुवाल / अखिल क्रान्तिकारी बाजुराद्वारा महान जनयुद्ध दिवसकाे अवसरमा जनयुद्ध महान शहिदहरूकाे सम्झनामा जिल्ला अस्पताल बाजुुरामा रहेका बिरामिलाई साेमवार बिहान फलफुल वितरण संगै अनाैपचारिक कार्यक्रम गरि मनाएको छ ।

बिहान जिल्ला अस्पतालमा बाजुरामा रहेका बिरामी लाई फलफुल वितरण गरि हाम्रो देश र जनताको परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको बलिदान गर्नुहुने महान सहिदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दे देशको लागि बलिदान दिने सहिद प्रति सम्झनामा बेलुका दिप प्रजनन कार्यक्रम गर्ने अखिल क्रान्तिकारी बाजुराका अध्यक्ष खेमराज साँउदले बताएका छन् ।

हाम्राे देश नेपालमा २०५२ फागुन १ गते सुरु भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । यसै सम्झनामा देशको गाैरवकाे लागि आफ्नो ज्यानको प्रवाह नगरि ज्यान दाउमा लगाउने युद्धा प्रति शाेक गर्दै अखिल क्रान्तिकारी बाजुराले पनि जनयुद्ध दिवस मनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर