युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

बाजुरा / नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराको सभापतिका लागि दुई जनाले उम्मेदवारी दिएका छन् ।
शुक्रबारबाट सुरु भएको २०औं जिल्ला सभा तथा अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निवर्तमान सभापति रमबहादुर शाही र मन्त्री मेखराज जैशीले सभापतिका लागि उम्मेदवारी दिएको मतदान अधिकृत हरि पनेरुले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार १७ सदस्यीय जिल्ला कार्य समिति पदका लागि ३१ जनाले उम्मेदवारी दर्ता गराएको बताए । उप सभापतिमा विजयराज पण्डित,चन्द्रा बुढा, विमला थापा र सत्य कुमारी रोकायाले मनोनयन दर्ता गराएका छन् ।
यस्तै मन्त्रीमा टंकप्रसाद न्यौपाने र केशवराज जैशीले मनोनयन दर्ता गराएका छन् । कोषाध्यक्षमा देवराज न्यौपाने,विर्खराज पाण्डे र लोकराज जैशीले उम्मेदवारी दिएका छन् । उप मन्त्रीमा विपिन विष्ट र जनकबहादुर सिंहले दिएका छन् । सह कोषाध्यक्षमा रमेश कुमार रावत र कर्णविर बुढाले मनोनयन दर्ता गराएका छन् ।
सहमतीका लागि समय दिदाँ पनि सहमती जुट्न सकेपछि आइबातर विहान ८ः३० बजेबाट मनोनयन दर्ता प्रक्रिया सुरु गरिएको हो ।
मनोनयन दर्तापछि उम्मेदवारको नामावली प्रकाशन गरिएको छ । रेडक्रसको उप सभापति,मन्त्री,सहमन्त्री,कोषाध्यक्ष,सह–कोषाध्यक्ष र सदस्यहरुमा  ३१ जनाले मनोनयन दर्ता गरेका छन् ।
मनोनयन दर्तापछि आज दिउसो १ः१५ बजे मतदान प्रक्रिया थालिने निर्वाचन समितिले जनाएको छ ।
गतवर्षको रेडक्रसको बाजुराको अधिवेशनमा निवर्तमान सभापति रमबहादुर शाहीले सभापति बनाउन आग्रह गरेपछि  अर्काे पटक अरुलाई बनाउने भद्र सहमती तोडेपछि निर्वाचनको प्रक्रियामा जानु परेको सभापतिका उम्मेदवार मेखराज जैशीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर