बाजुरा/ जिल्लाको बडिमालिका नगरपालिका–४ रिला स्थायी घर भएका २७ वर्षिया दल बहादुर उखेडाको मृत्यु पश्चात उनका छोराछोरी र श्रीमती लाई आर्थिक अवस्थामा निकै कम्जाेर भए पश्चात पेट पाल्न समेत धौधौ भएको छ ।
उखेडाको गत महिना भारतको दिल्ली स्थित रोहिनि नजिकै स्कुटर दुर्घटनामा परि अल्प आयु मै निधन भएको थियो । उखेडाको निधन पश्चात उनका श्रीमती र ३ छोराछोरी शाहारा विहिन बनेका छन ।
मृतक उखेडा विगत लामो समय देखि भारतको दिल्लीमा रहेको पिजि कम्पनीमा काम गरि चार जनाको परिवार पाल्दै आएका थिए । कमाउने व्यक्तिको नै मृत्यु भएपछि अहिले उनका छोराछारी र श्रीमतीलाई खाना ,लाउन समेत समस्या भएको स्थानीय शंकर उखेडाले बताएका छन।
स्थानीय शंकर उखेडाले मृतका छोरीछोरी र श्रीमतीलाई खान , लाउन र छोरीछारीको पढाईका लागि सबैले सक्दो सहयोग गरिदिन समेत आग्रह गरेका छन् ।
खप्तड मालिका न्युज





