युबराज बडुवाल / त्रिवेणी बहुउद्देश्यीय सहकारी संस्थाकाे आज २१ ओैं वार्षिक साधारण सभा कार्यक्रम गरी सम्पन्न गरीएकाे छ ।
जिल्लामा सञ्चालित यस बचत तथा ऋण सहकारी संस्थाले वार्षिक साधारण सभा सगै उत्कृष्ट सेयर सदस्य र उत्कृष्ट कर्मचारीलाई सम्मान सहित प्रमाणपत्र वितरण गरि कार्यक्रम सम्पन्न गरेकाे छ ।
त्रिवेणी बहुउद्देश्यीय संस्था लि . का अध्यक्ष अशोक कुमार रावल काे अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रमको प्रमुख अतिथि बडीमालिका नगरपालिका नगर प्रमुख अमर खड्का , अतिथि यस संस्थाका पुर्व सेयर सदस्य गगन वहादुर रावल , पुर्व सञ्चालक समिति सचिव जनक बहादुर थापा , जिल्ला सहकारी संघका अध्यक्ष निरबहादुर शाही लगायत विभिन्न मिडियामा कार्यरत पत्रकार बन्दु यस संस्थाका सेयर सदस्य हरूकाे उपस्थितिमा अपि हाेटल कार्यक्रम सञ्चालन गरिएकाे छ ।
कार्यक्रम यस संस्था बाट लिएको ऋण सहि ठाउँमा लगानी लगाई असल र उत्कृष्ट ऋणी सदस्य लाई सम्मान सहित प्रमाणपत्र वितरण गरिएको छ । जसमा सेयर सदस्य धैली रावल , ईश्वरी वाेगटि , धनमती दमाई कार्यालयमा नियमित परिश्रमीक असल यस कार्यालयका कर्मचारी नारायण पण्डितलाई पुरूस्कृत गरिएको छ ।
कार्यक्रम प्रमुख अतिथि अमर खड्काले भने याे संस्था बडीमालिका नगरपालिका भित्रकाे प्रमुख सहकारी संस्था सबै भन्दा बढी सेयर सदस्य भएको संस्थाका रूपमा यस संस्थालाई मानिन्छ । आज याे संस्था स्थापन गरीएकाे २१ बर्ष पुरा भएको छ । २१ बर्षकाे अवधिमा यस संस्थाले जिल्लाकै सबैभन्दा उत्कृष्ट भएर काम गर्दै आएको खड्काले बताएका छन् ।
त्यस्तै कार्यक्रममा वाेल्दै पुर्व संस्थापक सदस्य गगन रावलले भने याे संस्था स्थापनाकालमा सानो लगानीमा सञ्चालन गरीएकाे संस्था हाे । अहिले यो जिल्लामा बिकाशकाे मुल आधारका रूपमा काम गर्दै आएको छ । गरिब दुखि जनताको रगत पसिनाले आज याे संस्था यस स्थानसम्म पुगेको बताएका छन् । रावलले भने अब यस संस्थालाई अहिलेको नयाँ पुस्ताको नेत्तुत्वमा महिला दलित पिछडिएको वर्गलाई बिशेश ग्राहिता दिएर अगाडि लैजाने बताएका छन् ।





