युनिकोड    राशिफल    एफएम रेडियाे                        

बैतडी/ बैतडीको पाटनमा चितुवा मृत फेला परेको छ। जिल्लाको पाटन नगरपालिका ४ रातामाटा चितुवा मृत फेला परेको पाटन सब डिभिजन वन कार्यालयका फरेस्टर प्रेमबहादुर बिष्टले बताए। बिहीबार बिहान स्थानीयहरुले चितुवा मरेको देखेपछि खबर गरेका थिए।

६ फिट २ इन्च लम्बाइ भएको चितुवाको मृत्युको कारण भने खुल्न नसकेको बिष्टले बताए। चितुवा आँफै मरेको हो वा केही अन्य कारणले मरेको भन्ने कुरा खुल्न बाँकी रहेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर