युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

काठमाडौं / टर्की र सीरियाको सीमा क्षेत्रमा गएको विनासकारी भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ।  अधिकारीहरुका अनुसार टर्कीमा १२ हजार ३ सय ९१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। यस्तै सीरियामा मृत्यु हुनेको संख्या २ हजार ९ सय ९२ पुगेको छ । यी उद्धारको कार्य जारी रहेको र मृतकको संख्या बढ्ने सम्भावना रहेको अधिकारीहरुले जनाएका छन्।

टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोगानले उद्धारका विषयमा भइरहेको आलोचनापछि सरकारको बचाउ गरेका छन्। उनले यस प्रकारको आपतकालीन अवस्थाका लागि पूर्ण रुपमा तयार रहन सम्भव नभएको बताए।

आलोचकहरुले उद्धार र आपतकालीन सेवा सुस्त भएको र सरकारको पूर्व तयारी कत्ति पनि नदेखिएको बताएका छन्। भूकम्पले प्रभावित भएका क्षेत्रमा सडक पूर्वाधारहरु पनि भत्किएकाले राहत र उद्धारमा थप कठिन भएको छ।  सीरियामा युद्धका कारण संरचनाहरु ध्वस्त भएका हुँदा झनै जटिल रहेको बीबीसीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर