युबराज बडुवाल / बाजुरा विद्युत वितरण केन्द्रले साेमबारदेखि अनलाइन इसेवाबाट विद्युत बिल भुक्तानी गर्ने गरि सेवा प्रदान गरेको छ । जिल्लामा राष्ट्रिय लाईन प्रसारण जाेडीएपछि ग्राहकलाई सजिलोकाे लागि सेवा प्रदान गरेको विद्युत वितरण केन्द्र बाजुराले बताएको छ ।
हाल देशभर इसेवाबाट विद्युत बिल तिर्ने सिस्टम लागु भएको छ । तर बाजुरामा ग्राहक थाेरै संस्थामा भएपछि याे सेवा लागु नभएको विद्युत वितरण केन्द्र बाजुराले बताएको छ ।
याे सेवा सञ्चालनका लागि पटकपटक विद्युत प्राधिकरण हेड अफिसमा सिफारिस गरिएको बाजुरा वितरण केन्द्रले ग्राहकको संस्था कम भएपछि सेवा दिन नसकेको वितरण केन्द्रले बताएका छ । अहिले जिल्लामा ग्राहकको संस्था ३ (तिन) हजार भन्दा बढी भएपछि सेवा सञ्चालनमा आएको र अहिले सम्म काेहि याे सेवामा लाभान्वित नभएको केन्द्रले जनाएको छ ।
याे सेवाले ग्राहकलाई सजिलो छिटो सरल सुबिधा युक्ति र जुनसुकै ठाउँबाट पनि सेवा लिन सकिने र झन्झटिलो नहुने बताएको छ ।





