युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

काठमाडौं /जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट विधिवत् ढंगले नेपाली नागरिकता पूर्ण रुपमा पाएसँगै रवि लामिछाने पुनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापति बनेका छन् ।

आइतबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले लामिछानेलाई पुनः सभापतिको बनाएको हो ।

शुक्रबार लामिछानेले प्रक्रियागत ढंगले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता नलिएको भन्दै सर्वाेच्च अदालतले लामिछानेलाई दोषी ठहर गरेको थियो । तर, आइतबार लामिछानेले प्रक्रिया पुर्याएर नागरिकता लिएका छन् ।

शुक्रबार सर्वाेच्चको फैसलाले लामिछानेको उपप्रधान तथा गृहमन्त्री पदसहित रास्वपाको पद गुमेको थियो । तर, आइतबार जिल्ला प्रशासनबाट नागरिकता लिएसँगै सभापति पदको जिम्मेवारी पाएका छन् ।

चितवन २ बाट प्रतिनिधिसभा निर्वाचन जितेको उक्त ठाउँमा उपनिर्वाचन हुने भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर