धनगढी / कैलालीको बर्दगोरिया गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ।
नाम थर नखुलेको अन्दाजी ४०/४५ वर्षीय पुरुषको शव बर्दगोरिया गाउँपालिका र लम्कीचुहा नगरपालिकाको सिमाना पर्ने बौनियाँ नालामा फेलापरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।





