युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्ता तथा नेतालाई सत्यको बाटोमा हिँड्न निर्देशन दिएका छन् । उनले भने, ‘कार्यकर्ता नमूना हुनुपर्छ र आदर्श हुनुपर्छ अनि मात्र जनताले पत्याउँछ । चलाखीले व्यक्तिगत चाहना पुरा गर्ने होइन, निष्ठाले देशको सेवा गनुपर्छ ।’ एमालेको स्कूल विभागले आज आयोजना गरेको विशेष अनुशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जो मान्छेले चलाखीले व्यक्तिगत लाभ लिन्छ त्यो राजनीतिमा सफल नहुने धारणा राखे । उनले त्यस्ता मान्छेलाई  समाजले नसम्झिने धारणा राखे ।

‘एमालेपन भनेको अनुशासन ढंगले अगाडि बढ्नु हो, कहीं कतै अनुशासन उल्लघंन भएको भए त्यो व्यक्तिगत कुरा हो, त्यसको जिम्मेवारी त्यो व्यक्ति नै हो यदि पार्टीलाई जोडेर संस्थागत भ्रष्टाचार गरिएमा त्यसलाई पार्टीले कारवाही गर्छ’ अध्यक्ष ओलीले भने । समाजले स्वीकार नगरेका कामहरु गर्दा मान्छे समाप्त हुने उनले बताए । ओलीले भने, ‘संविधान र कानुनले निषेध गरेका कामहरु गर्दा मान्छे समाप्त हुन्छ, सत्यसँग नलड्नुस्, शक्तिसँग नझुक्नुस् ।’

अध्यक्ष ओलीले सत्यसँग कसैले लड्यो भने सिंह भाँचिने समेत बताए । एमालेको वास्तविक शैलीलाई सत्यको बाटोबाट अगाडि बढाउन समेत उनले सबैसँग आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर