युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

गृहमन्त्री रवि लामिछानेले आम नागरिकलाई प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्यलगायतका विषयमा संसद्ले आवश्यक काम अघि बढाउन नसकेको बताउनुभएको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुखका उम्मेदवार देवराज घिमिरेको समर्थनमा बोल्नुहुँदै गृहमन्त्री लामिछानेले सो कुरा बताउनुभएको हो । शिक्षा, स्वास्थ्यका विषयमा सरकारले आवश्यक नीति बनाउन चुकेको धारणा व्यक्त गर्नुहुँदे उहाँले सभामुख जस्तो गरिमामय पदलाई बचाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यति धेरै लामो समयसम्म आम नागरिकलाई प्रतयक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्यलगायतका विषयमा संसद्ले त्यस्ता ऐन, कानुन ल्याएर छलफल गर्नुपर्ने थियो यसमा विगतमा हामी धेरै चुक्यौँ भन्ने लाग्छ, दलबाट चुनिएर आए पनि दलभन्दा माथि उठेर पदको अस्तित्व बचाउन सक्नुहुन्छ भन्ने लाग्छौँ । लाभहािन हेरेर काम नहोस् । जनताका मर्म नभुलस् काम गरौँ । त्यो पनि प्राथमिकता छुट्याएर ।’’

गृहमन्त्री लामिछानेले दलगत कुराभन्दा माथि उठेर आगामी दिनमा सभामुखले आफ्नो भूमिका निष्पक्ष रुपमा सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

गृहमन्त्री लामिछानेले गृह मन्त्रालय आफ्नो विधि र पद्धतिभन्दा बाहिर नजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले फरार रहनुभएका व्यक्ति संसदमा भएको र पक्राउको माग गर्न आग्रह गरेको कुरालाई खण्डन गर्दै उहाँले विधि र पद्धतिको पक्षमा गृह मन्त्रालय रहेको बताउनुभयो । गृहमन्त्रीले मन्त्रालयले आफ्नो विधिअनुसार काम गर्दा दवाव र प्रभावमा नपार्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘फरार रहनुभएका मानिस संसदमा हुनुहुन्छ, पक्राउ गर्न भन्नुभयो, विधि र पद्धतिभन्दा बाहिर गएर गृह मन्त्रालय एक कदम बाहिर निस्किँदैन । यो प्रक्रियामा कसैले दबाब र प्रभाव पार्नुहुने छैन भन्ने आशा छ, विधि स्थापित गरेर कर्मचारीको सरुवा बढुवा हुन्छ । गृह मन्त्रालय आफ्नो निर्णयमा टसमस छैन । हामीले विधि र पद्धति स्थापित गर्छौं भनेर देखाइरहनु पर्दैन, यो स्वतः सिद्ध छ ।’’

गृहमन्त्री लामिछानेले नेकपा एमालेबाट सभामुखका उम्मेदवार घिमिरेलाई प्रतिनिधि सभाको सभामुखमा विजयी गराउन सांसदहरुसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर