युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
राष्ट्रियसभा निर्वाचन कार्यतालिका सार्वजनिक, पुस २३ गते मनोनयन दर्ता | राेहित पाैडेल बने ओडीआईमा २ हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी | एसईई २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला | जेनजी आन्दोलनमा ६ हजार राहदानी जले : अहिले दैनिक पाँच हजार राहदानीको माग | निर्वाचनको वातावरण बनाउन सातै मुख्यमन्त्री तयार | हर्क साम्पाङ नेतृत्वको पार्टीले आधिकारिकता पाउँदै | बस दुर्घटनामा परी घाइते भएका एककाे उपचारका क्रममा मृत्यु | ओलीको स्पष्ट अडान: एकीकृत समाजवादीका असन्तुष्ट समूहसँग एकता नहुने | आजदेखि सरकारी कार्यालयको समय घटाइयो: बिहान १० देखि दिउँसो ४ बजे | आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय, खाय’ |

धनगढी /सुदूरपश्चिमका प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री खगराज भट्टलाई दिइएको छ । तत्काल कुनै मन्त्रालयको जिम्मेवारी नतोकिएका भट्टलाई हालका लागि प्रवक्ताको जिम्मेवारी मुख्यमन्त्री राजेन्द्र सिंह रावलले दिएका हुन् ।

प्रवक्ता भट्टले बुधबार मन्त्रीपरिषद्को पहिलो र दोस्रो बैठकका निर्णय सार्वजनिक गरेका छन् । पहिलो बैठकले प्रदेश सरकार शासकीय सुधार कार्ययोजना तर्जुमा गर्ने, जनमुखी सेवा प्रवाहका लागि निर्देशन दिने लगायतका निर्णय गरेको थियो ।

पहिलो बैठकका निर्णय
१. प्रदेशको प्रबक्ता माननीय मन्त्री खगराज भट्टलाई जिम्मेवारी तोकिएको छ ।

२. सुदुरपश्चिम प्रदेश सरकार शासकीय सुधार कार्ययोजना २०७९ तर्जुमा गर्ने । उक्त कार्ययोजना प्रमुख सचिबको सयोजकत्वमा सबै मन्त्रालयका सचिब सद्स्य रहने कार्यदल गठन गरि कार्यादेश दिने ।

३. स्थानिय तहको सेवा गठन, सन्चालन र सेवाशर्त निर्धारण गर्न कानून तर्जुमाका लागि सैद्धान्तिक सहमती प्रदान गर्ने ।

४. प्रदेशमा सुशासन प्रबर्द्धन गर्न प्रदेश सदाचार नीति एवं मापदण्ड तर्जुमा गर्न मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचीव ९कानून० संयोजकत्वमा कार्यदल गठन गरी ३० दिन भित्र प्रतिबेदन पेश गर्न निर्देशन दिने ।

५. प्रदेशबाट प्रवाह भइरहेका सेवालाइ जनमुखी, झन्झटरहित र गुणस्तरीय तुल्याउन तत्काल गर्नुपर्ने सुधारका उपायहरू पहिचान गरि कार्यान्वयन गर्न सबै मन्त्रालय निकायलाई निर्देशन दिने ।

६. प्रदेश सरकारको तर्फबाट आम नागरिकलाई प्रदान गर्न सकिने विद्युत महशुल छुट लगायतका सुबिधा प्रदान गर्ने सम्बन्धमा अध्ययन गरि मन्त्रीपरिषदमा प्रस्ताव पेश गर्न भौतिक पुर्वाधार बिकास र आर्थिक मामिला मन्त्रालयलाई निर्देशन दिने ।

यस्ता छन्, दोश्रो बैठकका निर्णय

१. प्रदेश सरकारले संघीय सरकारसङ्ग गर्नु पर्ने समपूरक र विशेष अनुदान बारे भएको तयारीको जानकारी र सिफारिस गर्ने

२. PLGSP  तर्फ प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाईको चालू आर्थिक बर्ष ०७९/८०को नबप्रवर्तन साझेदारी कोष अन्तर्गत सुचीमा संलग्न विभिन्न आयोजनाहरु कार्यान्वयनका लागि नबप्रवर्तन साझेदारी कोषबाट ब्यहोरिने रकम नेपाल सरकारको कोष प्रवाह सम्बन्धी ब्यबस्था अनुसार ससर्त अनुदानको रुपमा सम्बन्धित स्थानिय तहमा हस्तान्तरण गर्ने ।

३. राष्ट्रिय गौरवको परियोजनाको रुपमा रहेको पश्चिम सेती परियोजनाको कार्यान्वयनमा प्रतिकुल हुनेगरी व्यक्त भएका कतिपय बिचार, अभिव्यक्ति र गतिविधि प्रती प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएकोले यस सम्बन्धमा प्रेस विज्ञप्ति जारी गरि आम नागरिकलाई जानकारी गर्ने ।

प्रतिक्रिया

सम्बन्धित खवर