धनगढी / मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पद तथा गोपनियताको सपथ लिएका छन् ।प्रदेशप्रमुख देवराज जोशीले रावललाई बिहीबार प्रदेशप्रमुख कार्यालयमा सपथ ग्रहण गराएका हुन् ।
रावल बुधबार २९ सांसदको समर्थन सहित मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
रावललाई एमालेका १०, माओवादीका ११, नाउपाका ७ र राप्रपाका १ संसदको समर्थन रहेको छ ।





