युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

हेटौंडा /बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनेबारे प्रदेशसभामा मुख्यमन्त्री कार्यालयबाट जानकारी आएको र त्यही अनुसारको तयारी गरिएको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

माओवादी केन्द्रका जम्मकट्टेल पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । त्यतिबेला उनलाई नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ गरी जम्मा ७० सांसदले समर्थन गरेका थिए ।

प्रदेश सरकारले पूर्णता पाउन भने एक महिना लाग्न सक्ने सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताए ।

मंगलबार बसेको पहिलो मन्त्रिपरिषद बैठकले मन्त्रालयको संख्या घटाउने सम्बन्धमा प्रतिवेदन बनाउन प्रमुख सचिवको संयोजकत्वमा कार्यदल बनाउने निर्णय गरेको थियो । त्यही कार्यदलको प्रतिवेदन आएपछि र सत्ता साझेदार दलहरुबीचमा भागबण्डा मिलाएपछि मन्त्रिपरिषदले पूर्णता पाउने थपलियाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर