कञ्चनपुरमा तीन जना भारतीय डाँका पक्राउ परेका छन्।
गाउँमा लुटपाटका लागि आएका डाँकाहरुलाई स्थानीयले घेराबन्दी गरेका थिए। प्रहरीका अनुसार शुक्रवार राति एक र शनिवार बिहान २ जनालाई प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका हुन्। उनीहरुको साथबाट एक पेस्तोल र आठ राउण्ड गोलीसमेत बरामद गरिएको छ।





