युवराज बडुवाल / जिल्लाकाे पुर्वी उत्तरी भेगमा रहेकाे जगन्नाथ गाउँपालिकामा एक महिला मृत फेला परेकी छन् । मृत फेला परेकी महिला मुगु जिल्ला खत्याड गाउँपालिका वडा नम्बर ८ रीला श्रीमान प्रेम राज गिरीकी श्रीमती अन्दाजी २३-२४ वर्षकी रमना गिरी रहेकी छन् ।
केही महिना घरबाट हराएकि गिरीकाे लास बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–२ कोटकाट्यास्थित कर्णाली नदी किनारमा फेला परेकाे मृतक अवस्थामा फेला परेकाे छ ।
मृतकलाई लगाएकाे लुगा र गहनाले चिनिएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाकाे छ ।
अहिले मृतकलाई पाेष्ट माटमका लागी काेल्टी ल्याइदै जिल्ला प्रहरी कार्यालय बाजुराले जनाकाे छ । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।





