कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले नेपालमा चिनियाँ ऋणमा रेल चलाउन नसकिने बताएका छन्। उनले नेपालको बाटो भएर भारतसम्म चिनियाँ रेल चलाउन सकिने बताए।
उनले त्यसका लागि चीन र भारतबीच सहमति भयो भने नेपाल पनि सहमत हुन सक्ने बताए। प्रवक्ता डा महतले बीआरआई सम्झौतामा चिनियाँ रकम चलाउने कुरा रहेको भन्दै त्यो नेपालले स्वीकार नगर्ने बताए।
उता नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भने बीआरई जस्ता ठूला परियोजना नेपाललाई आश्यक हुने बताएका छन्। उनले विश्व अर्थतन्त्रसँग जोडिएर मात्रै विकास सम्भव हुने बताए। उनले भने, ‘विकास सहायतालाई अरू रूपमा हेर्न मिल्दैन। डाइभर्स कनेक्टिभिटी आवश्यक छ।’





