प्रतिनिधि सभाका २६ जना सांसदले मातृभाषामा शपथ लिने भएका छन् । उनीहरुले नेपाली बाहेकका भाषामा शपथ लिने संघीय संसद सचिवालयले जनाएको छ ।
उनीहरुले आफूले नेपाली बाहेकका मातृभाषामा शपथ लिने निवेदन दिएका हुन् । संघीय संसदमा बिहीबार ज्येष्ठ सांसद पशुपति शमशेर राणाले सांसदहरुलाई शपथ खुवाउनेछन् ।







