आइतबार बेलुकी कैलालीको अत्तरियामा गोली चल्यो। गोली लागेर एक जना सुन व्यवसायी घाइते भए। गोली लागेर घाइते भएका २८ वर्षीय विकास सुनारको उपचार भइरहेको छ ।
कैलालीका नागरिकको सुरक्षामा प्रहरी असफल बन्दै गएको छ। गोली काण्ड, कर्तव्य ज्यान, चोरी, लुटपाट, अपहरण लगायतका घटना एकपछि अर्को बढ्दै गएपनि घटनामा संलग्न पक्राउ गर्न कैलाली प्रहरी असफल बन्दै गएको छ। सीमा नाकाबाट हुने अवैध साना हतियार भित्रिरहेको आंशका सरोकारवालाको छ। जिल्लाभित्रको सुरक्षा व्यवस्था पछिल्लो समय बिग्रदै गएको राष्ट्रिय मानव अधिकार आयोगको समेत ठहर छ।





