युनिकोड    राशिफल    एफएम रेडियाे                        

धनगढी / सुदूरपश्चिम प्रदेश सरकारले यो वर्ष प्रदेशमा करिव ४ सय किसानलाई कृषि यन्त्र खरिदमा अनुदान दिने भएको छ। प्रदेशका सबै जिल्लाका किसानलाई विभिन्न २८ किसिमका कृषि उपकरण प्रदान गर्न आवेदन संकलन गर्ने काम भइरहेको छ।

आवेदनमा किसानले विभिन्न २८ उपकरणमध्ये कुन खरिद गर्न चाहेको हो त्यो खुलाउनु पर्नेछ। यो वर्ष प्रदेश सरकारले डिस्क ह्यारो, रोटाभेटर, पोटेटो प्लान्टर, पोटेटो हार्भेस्टर, सुपर सिडर, धान थ्रेसर, गहुँ थ्रेसर, मल्टिकप थ्रेसर, पावर टिलर, मिनि टिलरमा सरकारले ५० प्रतिशत अनुदान दिनेछ।

यस्तै, रिपर, पोटेटो ड्रिगर, डिप टिलिङ ब्लेड, एन्टी र्याप ब्लेड, पिट डगर, विद्युतीय कर्न सेलर, बताउने पङ्खा, कोदो थ्रेसर, कम्बाइन राइस मिल, धान रोप्ने मसिनलगातका उपकरणमा किसानले अनुदान पाउने छन्। कृषि यान्त्रिकरण अनुदान परिचालन कार्यविधि–२०७६ अनुसार प्राप्त भएका निवेदनमध्ये योग्यलाई अनुदान दिइने सूचना अधिकारी पाण्डेले बताए।’

नौ जिल्लाबाट थुप्रै किसानको निवेदन आउने अनुमान गरेका छौँ तर प्राप्त निवेदन मध्ये कृषि यान्त्रिकरण अनुदान परिचालन कार्यविधि–२०७६ अनुसार छनोट भएका किसानले अनुदान पाउने छन्,’ पाण्डेले भने।

प्रतिक्रिया

सम्बन्धित खवर